अफगान रक्षामन्त्रीको निवासमा आक्रमण, ४ जना मारिए


     एभरेस्ट आवाज    
     श्रावण २० गते २०७८ मा प्रकाशित



तस्बीरः एजेन्सी

बन्दुकधारीले अफगानिस्तानका रक्षामन्त्री बिसमिल्लाह खानको निवासमा आक्रमण गरेका छन्।

आक्रमणको बेला रक्षामन्त्री खान निवासमा नरहेको बताइएको छ। मन्त्रीको परिवारका सदस्यलाई सुरक्षित रुपमा त्यहाँबाट उद्धार गरिएको थियो।

बन्दुकधारीले गोली हान्दै मन्त्रीको निवास प्रवेश गरेपछि सुरक्षा फौजले जवाफी कारबाही गर्दा ४ जना बन्दुकधारी मारिएका छन्।

उनीहरुले मन्त्री निवासभित्र कारबम बिस्फोट गराउन खोजेको थिए। रक्षामन्त्री निवास अफगानिस्तानको सबैभन्दा सुरक्षित स्थल ‘ग्रिन जोन’ भित्र पर्छ।

अफगानिस्तानका अलगअलग स्थानमा तालिबान र सरकारी सुरक्षा बलबीच भिडन्त तीव्र भएका समाचारहरु सार्वजनिक हुँदै आएका छन्। संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदले द्वन्द्व अन्त्यको अपिल गरेलगत्तै यो आक्रमण भएको हो।

मंगलबार राति राजधानी काबुल शहरको केन्द्र भागमा भयंकर विष्फोट भएको आवाज सुनिएको थियो । धेरै सरकारी कार्यालय र विदेशी कूटनीतिज्ञहरुको आवास रहेको स्थान नजिक विष्फोट भएको समाचारहरुमा जनाइएको छ। राष्ट्रपति भवन, दूतावासहरु, अन्तर्राष्ट्रिय मिडिया र सहायता एजेन्सीहरुको कार्यालय पनि सोही क्षेत्रमा छन्। आक्रमणको जिम्मेवारी कसैले लिएको छैन।

बीबीसी


सर्बाधिकार सुरक्षित गरिएको बारे ः यस एभरेष्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।