ओमानको खाडीबाट एक पानीजहाज हाइज्याक, इरान लगिँदै


     एभरेस्ट आवाज    
     श्रावण २० गते २०७८ मा प्रकाशित



तस्बीरः एजेन्सी

पानामाको झण्डा भएको एक पानीजहाजलाई ओमानको खाडीबाट हाइज्याक गरेर इरान लगिँदै छ।

बन्दुकधारीको एक समूहले जहाजलाई हाइज्याक गरेर इरानतिर लिइरहेको लोइड मेरिटाइम इन्टेलिजेन्सको भनाइलाई उद्धृत गर्दै समाचारहरुमा जनाइएको छ।

बिटुमेन ट्याङ्कर एमभी अस्फाल्ट प्रिन्सेस् नाम गरेको जहाज स्टेट अफ हर्मुजतर्फ अगाडि बढीरहेको जनाइएको छ ।

जहाजलाई कसले हाइज्याक गरेको भन्नेबारे प्रष्ट नभए पनि यसमा इरानको हात रहेको आशंका गरिएको छ ।

एक हप्ताअघि मात्रै इजरायली तेल ट्याङ्करमा ड्रोन हमला भएको थियो जसमा बेलायती र रोमनियन दुई जना सुरक्षागार्डको ज्यान गएको थियो।

अमेरिका, बेलायत र इजरायलले त्यो हमलाको दोष इरानमाथि लगाएका थिए। तर इरानले भने त्यो आरोप सही नभएको बताएको थियो ।

त्यसैले पनि अहिलेको जहाज हाइज्याक गरिएको विषयलाई तेल ट्याङ्कर प्रकरणसँग जोडिएको आशंका गरिएको हो।

समाचार अनुसार एमभी अस्फाल्ट दुबईको एक कम्पनीको जहाज हो। त्यही कम्पनीको जहाजलाई दुई वर्ष पहिले इनरानको शैन्य शक्ति रिभोलुस्नरी गार्डले हाइज्याक गरेको थियो।

बीबीसी


सर्बाधिकार सुरक्षित गरिएको बारे ः यस एभरेष्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।