राष्ट्रिय पुरुष फुटबल टोलीको बन्द प्रशिक्षण बुधबारदेखि कास्कीको पोखरामा हुने भएको छ।
अखिल नेपाल फुटबल संघ (एन्फा)ले आइतबार बन्द प्रशिक्षणको टुंगो लगाएको हो।
दक्षिण एसियाली फुटबल च्याम्पियनसीप (साफ) र एसियन कप छनोटअन्तर्गत फाइनल चरणको छनोटका लागि नेपाली टोलीले पोखरामा तयारी गर्नेछ।
नेपालमा आगामी भदौमा भारतसित हुने २ मैत्रीपूर्ण खेलको तयारीमा नेपाली टोली जुटेको हो।
बन्द प्रशिक्षणमा प्रकाश बुढाथोकी र एरिक विष्ट सहभागी नहुने भएपछि उनीहरुको ठाउँमा शिशिर लेखी र सेसेहाङ आङ्देम्बेलाई टोलीमा सहभागी गराइने एन्फाले जनाएको छ।
यस्तै गोलकिपरका रूपमा विशाल सुनारलाई पनि बन्द प्रशिक्षणमा सहभागी गराइने भएको छ। मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले नेपाली टोलीलाई प्रशिक्षण दिनेछन्। आगामी अक्टोबरमा १३ औँ साफ च्याम्पियनसीप आयोजना हुने पक्का भएको छ।
साफ च्याम्पियनसीप आयोजना गर्न नेपालले प्रस्ताव अघि सारेको छ। बन्द प्रशिक्षणमा सहभागी हुने खेलाडीमा किरणकुमार लिम्बु, विशाल श्रेष्ठ, दीप कार्की, विकेश कुथु, अर्पण कार्की, विशाल सुनार, आशिष लामा, अभिषेक रिजाल, अनन्त तामाङ, अन्जन विष्ट र शिशिर लेखी छन्।
यस्तै, बन्द प्रशिक्षणमा आयुष घलान, भरत खवास, विशाल राई, दिनेश राजवंशी, गौतम श्रेष्ठ, कमल थापा, मनिष डाँगी, नवयुग श्रेष्ठ, नितिन थापा, सेसेहाङ आङदेम्बे, पुजन उपरकोटी, रजिन धिमाल, राजिव लोप्चन, रन्दीप पौडेल, रोहित चन्द, सन्जोग राई, सन्तोष तामाङ, सुजल श्रेष्ठ, सुमन अर्याल, सुमन लामा, सुनिल बल, सुरजज्यु ठकुरी, तेज तामाङ, त्रिदेभ गुरुङ र विक्रम लामा रहनेछन्।
रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा, मंसिर ६ । पोखराको मझेरीपाटनस्थित हिमालयन गल्फ कोर्समा सम्पन्न ‘दोस्रो माछापुच्छ्रे…







