पोखराको उक्तमचोकबाट नगद साढे तीन लाखसहित १३ जना जुवाडे पक्राउ


     एभरेस्ट आवाज    
     श्रावण २८ गते २०७८ मा प्रकाशित




पोखरामा जुवा खालबाट नगद साढे ३ लाखसहित १३ जना जुवाडे पक्राउ परेका छन् । पोखरा महानगरपालिका वडा नम्बर १० उत्तमचोकस्थित सरु गुरुङको घरमा भइरहेको जुवा खालबाट नगद ३ लाख ५१ हजार ५ सय ४० रुपैयाँसहित जुवातास खेलिरहेका १३ जनालाई प्रहरीले बुधबार नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा पोखरा १० उत्तमचोकका घरधनी ३५ वर्षिया सरु गुरुङ, पोखरा १५ ट्याक्सीचोकका ४८ वर्षिय मनबहादुर क्षेत्री, पोखरा १५ नयागाउँका ४१ वर्षिय भुपेन गुरुङ, पोखरा १७ हनुमान टोलका ४७ वर्षिय थमनसिंह गुरुङ, पोखरा १७ घारीपाटनका ४४ वर्षिय हर्कबहादुर थापामगर, पोखरा १० उक्तमचोकका ४८ वर्षिय सुरेन्द्रबहादुर गुरुङ रहेका छन् ।

त्यस्तै, पोखरा १४ हवेलीमार्गका ३५ वर्षिय सञ्जेव गुरुङ, पोखरा ८ सिमलचौरकी ६० वर्षिया कृष्णा गुरुङ, पोखरा १५ रामबजारकी ३६ वर्षिया राममाया गुरुङ, पोखरा १० अन्नपूर्णटोलकी ४० वर्षिया श्रीकुमारी गुरुङ, पोखरा १५ नयागाउँकी ३६ वर्षिया हिरा थापा, पोखरा १३ भद्रकालीकी ४२ वर्षिया माया तामाङ र पोखरा १५ नयागाउँकी ४० वर्षिया कमला मगरलाई पक्राउ गरिएको कास्की प्रहरीले जनाएको छ ।

प्क्राउ परेकाहरुलाई सार्वजनिक हित, स्वास्थ्य सुरक्षा, सुविधा र नैतिकताबिरुद्धको कसुर अन्तर्गत जुवा खेल्न वा सट्टाबाजी गर्न नहुने मुद्धामा अनुसन्धान भइरहेको निमित्त प्रवक्ता तथा सूचना अधिकारी प्रहरी निरीक्षक दीपक केसीले जनाएका छन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।