अर्थमन्त्री रामजीप्रसाद बरालले संघीयताको मूल मर्म अनुसार काम गर्ने प्रतिबद्धता जनाएका छन् ।अर्थ तथा विकास समितिले अर्थमन्त्री बरालसँग गरेको अन्र्तक्रियामा बोल्दै उनले तर त्यसरी अगाडि बढ्न बाधा अवरोध आइरहेको नेकपा माओवादी केन्द्रका नेतासमेत रहेका उनले बताए । तीन तहले कुन कुन ठाउँमा खर्च गर्ने भन्ने थाहा नहुँदा अहिले अराजक तरिकाले खर्च भइरहेको मन्त्री बरालको भनाई छ । ‘संघ, प्रदेश र स्थानिय तहले कहाँ कहाँ खर्च गर्ने भन्ने छैन, त्यसैले अराजक तरिकाले खर्च भइरहेको छ, यो भन्न मलाई अप्ठेरो छैन-उनले भने ।’ राजनीतिक स्थायीत्व नहुँदा त्यसको असर काम गराईमा पनि परिरहेको भन्दै उनले राजनीतिक अस्थिरता लम्बिदै जाँदा थप अराजकता मच्चिन सक्ने उनको विश्लेषण छ ।
अर्थमन्त्री बरालले बजेटमा संघको भरपर्नुपर्ने स्थिति रहेको बताए । यो संघीयताको मर्म बिपरित भएपनि अहिलेको बास्तविकता यहि भएको बताए । ‘एक त बजेट नै अत्यन्त न्यून छ, त्यसमापनि त्यहि बजेट खर्च गर्ने क्षमतापनि छैन’–उनले भने । उनले खर्च गर्ने क्षमता बढाउनका लागि हरसम्भव प्रयास भइरहेको बताए । त्यसका लागि साउन भित्र कार्ययोजना बनाउन र भदौमा कार्यविधी तयार गरेर असोजदेखि टेण्डरमा जानका लागि निरन्तर लागिरहेको उनको भनाई छ । उनले बजेट ल्याएपछि अर्थ मन्त्रालयको दायित्व सकियो भन्ने पहिलेको मानसिकता त्यागेर आफू उक्त बजेटको कार्यान्वयनको अनुगमन र निरीक्षणमा निरन्तर लागेको बताए ।
अर्थमन्त्री बरालले सरकार बनाउँदाको परिवेशका कारण अहिलेको बजेट संघीयताको मर्म अनुसार ल्याउन नसकेको बताए । ‘बजेट ल्याउँदा अर्थमन्त्री नै थिएन, जसको असर बजेटमा प¥यो, कनिका छरेजस्ता बजेट ल्याएको भनेर जुन टिप्पणी भइरहेको छ, त्यो सत्य हो, यसलाई करेक्सन गर्नुपर्छ भन्ने मलाईपनि लाग्छ तर अहिले यसैलाई कार्यान्वयन गर्दै लैजानुको विकल्प भने छैन’–उनले भने ।
समितिका सदस्य रहेका प्रदेश सभा सदस्यहरु ईन्द्रलाल सापकोटा, डोबाटे विश्वकर्मा, बिनोद केसी, सरिता गुरुङ, चन्द्रमोहन गौचन, मीनबहादुर गुरुङलगायतले बजेटको खर्च गर्ने क्षमता बढाउन, आर्थिक अनुशासन कायम गर्न, आफ्ना र पराई भनेर नछुट्याउन, भ्रष्टाचारको अन्त्य गर्न, असारे बजेटको अन्त्य गर्न सुझाव दिएका थिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक २५ होटल संघ पोखरा, नेपालको आयोजनामा बुधबार पोखरामा आयोजित…







