महेश उपभोक्ता सहकारी संस्थाको अध्यक्षमा मोतिश्वर थापा चयन भएका छन् । संस्थाको पोखरामा शनिबार भएको अधिवेशनले थापालाई अध्यक्षमा चयन गरेको हो । संस्थाको उपाध्यक्षमा तेजकुमारी पौडेल चयन भएकी छन् । पौडेल तत्कालिन संविधान सभा सदस्य हुन् ।
समितिको सदस्यहरुमा बिरेन्द्रबहादुर थापा क्षेत्री, विमला खड्का, माधवराज घिमिरे, चन्द्राकुमारी पराजुली, खेम गुरुङ चयन भएका छन् ।
संस्थाको लेखा समितिको संयोजकमा गोबिन्दप्रसाद घिमिरे र सदस्यहरुमा कञ्चन कार्की र बिन्दुराज घिमिरे चयन भएका छन् ।
संस्थाकी निवर्तमान अध्यक्ष दुर्गा पहारीको अध्यक्षता तथा सहकारी संघ कास्कीकी अध्यक्ष सावित्री कोइरालाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा उत्कृष्ट सेयर सदस्य, उत्कृष्ट उपभोक्ता र उत्कृष्ट सदस्यहरुलाई पुरस्कृत गरिएको थियो ।
महेश उपभोक्ता सहकारी संस्था स्वर्गिय सहिद पत्रकार महेश पहारीको स्मृतिमा स्थापना गरिएको हो । यस संस्थाले उपभोक्तालाई केन्द्रीत गरि सर्वसुलभ मूल्यमा सामान बिक्री गर्न महेश उपभोक्ता सहकारी पसल सञ्चालन गर्दै आएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक २५ होटल संघ पोखरा, नेपालको आयोजनामा बुधबार पोखरामा आयोजित…







