अब, भौतिक उपस्थितिमै नेपालका विद्यालय तथा कलेजहरुमा पठनपाठन सुचारु हुने भएको छ।
नेपालका शैक्षिक संस्थाहरूमा कोभिड–१९ कारण दुई वर्ष बढी समयदेखि भर्चुअल रूपमा पठनपाठन हुँदै आएकोमा पछिल्लो समय कतिपय ठाउँहरुमा भौतिक उपस्थितिमा पठन पाठन सुरु हुन थालेका छन्।
कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले पछिल्लो समय निषेधाज्ञालाई खुकुलो बनाउँदै स्मार्ट लकडाउनमा सीमित बनाई कार्यविधि नै जारी गरेपछि भने कतिपय विद्यालयहरूमा भौतिक उपस्थितिमा पठनपाठन सुचारु ग्र्न लागेको हो।
कोभिड–१९ संक्रिय सक्रमितको अवस्थालाई ध्यानमा राखेर कोभिड संक्रमण जोखिम नियन्त्रणका लागि स्मार्ट लकडाउनसम्बन्धी कार्यविधि २०७८ अनुसार सम्बन्धित प्रशासन तथा स्थानीय निकायको अनुमतिमा राजधानी लगायत देशका केही शैक्षिक संस्था र उपत्यकाबाहिरका कतिपय शैक्षिक संस्थामा भौतिक उपस्थितिमै नै पठनपाठन सुरु भएका छन्।
सरकारले कोभिड–१९ को संक्रमण बढेपछि २०७६ देखि ६ महिना लामो लकडाउन तथा निषेधाज्ञा जारी गरेको थियो। सरकारले पुनः संक्रमित बढेपछि २०७७ देखि निषेधाज्ञा जारी गर्दै आएको छ। सो समयमा नेपालको सबै विश्वविद्यालय तथा विद्यालयको पठनपाठन भर्चुअल रूपमा मात्र सीमित बनेको छ।
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय तथा कलेज सञ्चालन सम्बन्धी कार्यविधि बनाएको छ।
कार्यविधि अनुसार विद्यालयलाई चार भागमा विभाजन गरेर सञ्चालन वा बन्द गर्नु पर्ने छ । सरकारले साउनमा जारी गरेको ‘स्मार्ट–लकडाउन सम्बन्धी कार्यविधि, २०७८’ अनुसार शिक्षा मन्त्रालयले विद्यालय संचालन कार्यविधि तयार गरेको हो।
स्मार्ट लकडाउनका आधारमा ‘रेड जोन’, गाढा पहेँलो, पहेँलो र हरियो (ग्रीन जोन) क्षेत्रका आधारमा विद्यालय खोल्ने र बन्द गर्ने गरी शिक्षा मन्त्रालयले कार्यविधि ल्याएको छ।
शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माका अनुसार कोरोना संक्रमणका आधारमा रेड जोन र गाढा पहेलो रहेको स्थानीय तह वा जिल्लाहरुमा विद्यालय बन्द रहनेछ। त्यस्तो ठाउँमा यसअघि शिक्षा मन्त्रालयले जारी गरेको ‘विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका २०७७’ अनुसार वैकल्पिक माध्यमबाट अध्यापन गराइने छ।
निर्देशिकामा सबै किसिमको प्रविधिको पहुँचभन्दा बाहिर रहेका विद्यार्थी, रेडियो एफएमको पहुँचमा भएका विद्यार्थी, टेलिभिजनको पहुँचमा भएका विद्यार्थी, कम्प्युटर भएको तर अनलाइन कनेक्टिभिटी नभएका विद्यार्थी र इन्टरनेट तथा सूचना संचारको पहुँचमा भएका विद्यार्थीको समूह वर्गीकरण गरिएको छ।
सम्बन्धित स्थानीय तह र विद्यालयले ती विद्यार्थीहरुको पहुँचको पहिचान गरी वैकल्पिक माध्यमबाट अध्यापन गराउनुपर्नेछ।
त्यस्तै पहेँलो क्षेत्रमा परेका स्थानीय तहका विद्यालयमा वा कलेजमा भने आलोपालो गरेर भौतिक उपस्थितिमा विद्यार्थीको अध्यापन अघि बढाउन सकिनेछ।
सीसीएमसीले पहेँलो क्षेत्र घोषणा गरेको स्थानीय तहका विद्यालयमा भएका विद्यार्थी संख्याको एक तिहाई विद्यार्थीलाई विद्यालयमा नै बोलाएर आलोपालो गरी दैनिक रुपमा भौतिक उपस्थितिमै अध्यापन गराउन सकिनेछ।
ग्रीन जोनमा रहेको स्थानीय तहका विद्यालयहरु भने पूर्ण रुपमा खोल्न पाइने शर्माले बताए । उनका अनुसार विद्यालय संचालन गर्दा शिक्षा मन्त्रालयले जारी गरेको ‘विद्यालय संचालन सम्बन्धी कार्यढाँचा २०७७’ मा उल्लेख गरिए बमोजिमको स्वास्थ्य सुरक्षा अपानाउनु पर्नेछ।
कोभिड १९ संकट व्यस्थापन केन्द्र(सीसीएमसी)बाट पनि कार्यविधि स्वीकृत भइसकेकाले अब सीसीएमसी वा डीसीएमसी र स्थानीय तहको समन्वयमा विद्यालय संचालन गर्न सकिनेछ।
सीसीएमसीले जारी गरेको स्मार्ट लकडाउनका आधारमा विद्यालय संचालन वा बन्द गर्ने निर्णय स्थानीयले गर्न सक्नेछन्।
स्मार्ट लकडाउनका आधारमा विद्यालय रेड जोन, गाढा पहेँलो, पहेँलो वा हरियो कुन क्षेत्रमा परेको छ। सोही आधारमा विद्यालय संचालन वा बन्द गर्ने निर्णय सीसीएमसी र स्थानीय तहले गर्न सक्नेछ।
विद्यालय कुन जोनमा परेको छ भन्ने यकिन शिक्षा मन्त्रालयलाई नभए सीसीएमसी वा डीसीएमसीले गर्नेछ।
सीसीएमसीले विद्यालय संचालन गर्नसक्ने अवस्था नरहेको स्थानीय तहसँग समन्वय गरेर विद्यालय संचालन गर्न दिनेछ।
कार्यविधि मन्त्रालय र सीसीएमसीबाट स्वीकृत भएर संघीय मामिला मन्त्रालयमा गइसकेकाले यो कार्यविधि चाँडै लागु हुने बताइएको छ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


प्रतिनिधिसभाको जारी बैठकमा विपक्षी दलका सांसदहरुले सरकारको आलोचना गरेका छन् । झण्डै…





