बाढी पसेर २२ पोखरीका ६८ हजार ट्राउट मरे


     एभरेस्ट आवाज    
     भाद्र १७ गते २०७८ मा प्रकाशित




अविरल वर्षापछि आएको बाढी माछा पोखरीमा पस्दा ६८ हजार ट्राउट माछाका भुराहरु मरेका छन् । बाढीले कास्कीको माछापुच्छ«े गाउँपालिका वडा नम्बर ९ आढिपुरुङस्थित स्थानिय महेन्द्र गुरुङले सञ्चालन गरेको देवासिंङ अर्गानिक कृषि फार्ममा पालिएका ६८ हजार ट्राउट माछाका भुराहरु मरेको गण्डकी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

बाढी राती १२ बजे पसेको जनाइएको छ । घटनाको जानकारी आएलगत्तै प्रहरी टोलि खटाई अनुसन्धान शुरु भएको प्रदेश प्रहरीले जारी गरेको बुलेटिनमा उल्लेख छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।