भारी वर्षाले सिद्धार्थ राजमार्गस्थित कास्कीको ठूलढुंगामा पहिरो गयो


     एभरेस्ट आवाज    
     भाद्र १८ गते २०७८ मा प्रकाशित




केही दिन यता पोखरालगायत कास्कीको धेरै भागमा भारी वर्षा भएको छ।

भारी वर्षाकै कारण गएको बाढी पहिरोले कास्कीमा मानवीय क्षति तथा चौपाया र पशुपंक्षी समेत नष्ट भएका छन्।

बिहीबार बेलुकीदेखि परेको भारी वर्षाका कारण कास्कीको ठूलढुंगामा पहिरो गएकोले सिद्धार्थ राजमार्ग अवरुद्ध छ।

राजमार्ग अवरुद्ध भएपछि स्याङ्जा, पाल्पा र बुटबल जाने सवारी साधनहरु बिचैमा रोकिएका छन्। हाल, डोजर लगाएर पहिरो हटाउने कार्य जारी रहेको कास्कीको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक सुवास हमालले बताएका छन्।

बिहीबारको भारी वर्षाले कास्की जिल्लाभित्र अन्य घटनाको सूचना नआएको प्रहरी प्रवक्ता हमालले बताए।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।