नेपाल राष्ट्रिय कर्मचारी संगठन (निजामति) जिल्ला समिति कास्कीले शहिद स्मृती आवासीय माविमा शैक्षिक तथा खेलकुद सामाग्री प्रदान गरेको छ । १८ औं निजामती सेवा दिवसको अवसरमा संगठनले आईतबार पोखरा महानगरपालिका वडा नम्बर १४ मा रहेको शहिद स्मृति आवसीय माविलाई शैक्षिक तथा खेलकुद सामग्री प्रदान गरेको हो ।

कार्यक्रममा गण्डकी प्रदेश सरकारका अर्थमन्त्री तथा नेकपा माओवादी केन्द्रका गण्डकी प्रदेश सचिवालय सदस्य रामजीप्रसाद बराल, गण्डकी प्रदेश सचिव डा.दामोदर रेग्मी, कास्कीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतम, संगठनका गण्डकी प्रदेश अध्यक्ष कृष्ण प्रसाद पौडेल, निजामती कर्मचारीको आधिकारीक ट्रेड यूनियन कास्कीका अध्यक्ष भरत प्रसाद भुषाल, संगठनका कास्की अध्यक्ष रामचन्द्र ढुंगनालगायतले शैक्षिक तथा खेलकुद सामग्री हस्तान्तरण गरेका थिए । संगठनले गण्डकी प्रदेश सरकार र संगठनबाट करिब ४० हजार मुल्य बराबरको शैक्षिक तथा खेलकुद सामाग्रि विद्यालयलाई सहयोग गरेको अध्यक्ष ढुंगनाले जानकारी दिए ।
कार्यक्रममा बोल्दै गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बरालले जनयुद्धका क्रममा शहिद तथा वेपत्ता जनका परिवार, घाइते, अपाङगता भएकाहरुलाई लक्षित गरी स्थापना भएको शहिद आवासिय माविमा न्यूनतम आवश्यकताको कसरी पुरा गर्न सकिन्छ त्यसमा सबैका ध्यान केन्द्रित गरिएको मन्त्री बरालले बताए । उनले विद्यालयलाई विनियोजन भएको ३ करोडले अपुग भएको थप रकम व्यबस्थापन गर्न आफ्नो ध्यान जाने बताए । विद्यालय संचालनको क्रममा युवा व्यवसायी विमलमान गुभाजुले करिब साँढे दुई बषर््ा सम्म जग्गा उपलब्ध गराएको मन्त्री बरालले प्रशंसा गरे ।
उक्त विद्यालयको शैक्षिक तथा भौतिक निर्माणमा व्यक्तिगत हिसावले बढी दायित्व आफुमा रहेको मन्त्री बरालले जनाए । शहिद तथा वेपक्ता परिवारले झाडु लगाउने जागिर माग्दा पनि दिन नसक्दा आफुहरु हाल निकै दुःखि हुनु परेको उनले बताए । मुलुकको लागि रगत बगाएका शहिद तथा वेपत्ता परिवारको लागि बाचेकालाई कम्तीमा झाडु लगाउने कार्यालय सहयोगीको रुपमा समेत जागिर लगाउन हाल आफुहरुले नसकेको मन्त्री बरालको भनाई थियो । मुलुकको परिवर्तनका लागि उनीहरुको भुमिका हेरीकन प्रथामिकता दिनुपर्ने मन्त्री बरालले जनाए ।
गण्डकी प्रदेका प्रमुख सचिव डा. दामोदर रेग्मीले संगठनले जनतासंग जोडिने यस्ता कार्यक्रम गरेकोमा खुसि व्यक्त गर्दै बिद्यालयको आवश्यकता पुरा गर्न आफ्नो क्षेत्रबाट समेत पहल गर्ने जनाए । जनताको सेवा प्रवाहमा प्रभावकारी र छिटो छरितो ढंगले गर्न कर्मचारीहरुलाई प्रमुख सचिव रेग्मीले आग्रह गरे ।
कास्कीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले राष्ट्रलाई विपद पर्दा राष्ट्र सेवक कर्मचारीको महत्वपूर्ण भूमिका रहने विश्वास व्यक्त गरे । संघियता कान्वयन गर्न पनि कर्मचारीको मुमिका महत्पूर्ण रहेको उनको भनाई थियो । कर्मचारीले जनतासंग नजिक भएर काम गर्नुपर्ने प्रजिअ गौतमले जनाए ।
संगठनका गण्डकी प्रदेश अध्यक्ष कृष्ण प्रसाद पौडेलले कर्मचारीको संरचना परिवर्तन भए पनि हाल संस्कार भने परिवर्तन हुन नसकेको दाबी गरे । जनताको भावन बुझेर कर्मचारीले सेवालाई चुस्त दुरुस्त पार्नुपर्ने उनको जोड थियो ।
निजामती कर्मचारीको आधिकारीक ट्रेड यूनियन कास्कीका अध्यक्ष भरत प्रसाद भुषालले संघिय निजामती ऐन जारी नभएकोले हाल कर्मचारी व्यबस्थापनमा समस्या भएको बताए । विद्यालयकी प्रध्यानाध्यापक मोना गिरीले विद्यालयको भौतिक पूर्वाधार निर्माणमा खासै समस्या नभए पनि आन्तरिक समस्या रहेको गुनासो गरिन् ।
२०६६ सालमा स्थापना भएको बिद्यालयमा हाल २ सय ६० जना आवासिय सहित ३ सय ५० जना बिद्यालयमा अध्ययनरत रहेको दाबी गरिन्। बिद्यार्थीहरुको पौष्टिक आहारा तथा पोसाक एवं शैक्षिक सामाग्री नै अभाव हुने गरेको गिरीले जानकारी दिईन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरेली कवि नारायणप्रसाद सापकोटाको पहिलो कविता संग्रह ‘युगान्तर’ प्रकाशित भएको छ ।…







