विश्व बैंक र एसियाली बिकास बैंक प्रतिनिधीले प्रदेश स्वास्थ्यमन्त्री अधिकारीलाई भेटे


     एभरेस्ट आवाज    
     भाद्र २१ गते २०७८ मा प्रकाशित




गण्डकी प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्री मधु अधिकारी गुरुङ्ग र विश्व बैंक तथा एसियाली विकाश बैंकका प्रतिनिधीबीच भेटवार्ता भएको छ । विश्व बैंक र एसियाली विकास बैंकका प्रतिनिधिबीच सोमबार विहान भेटवार्ता भएको हो ।
भेटका क्रममा प्रतिनिधि मण्डलले गण्डकी प्रदेशका जिल्लाहरुमा भइरहेका खोप कार्यक्रमको अनुगमन गरेको र खोप वितरणका बारेमा जानकारी लिएको जानकारी गराएको थियो । सो अवसरमा प्रदेशका मनाङ्ग र मुस्ताङ्ग जिल्लालाई १८ बर्ष माथिका पुर्ण कोरोना खोप जिल्ला बनाउन सफल भएकोमा बधाई दिएको छ । कोरोना महामारी नियन्त्रणका लागि आपसी सहकार्यको निरन्तरताको आबस्यक भएको भन्दै संक्रमण नियन्त्रणका प्रयास बारे पनि छलफल भएको थियो ।
छलफलका क्रममा स्वाथ्य मन्त्री अधिकारीले खोप बितरण कार्यक्रमको मन्त्रालयले पनि निगरानी तथा उच्च प्राथमिकताका साथ रहेको बताएकी थिईन् । संक्रमण एकल प्रयासले मात्र नभई विश्वभरको साझा प्रयत्नका माध्यमबाट नियन्त्रण हुने मन्त्री अधिकारीको भनाई थियो । कोरोना भाईरसको नयाँ लहरलाई नियन्त्रणका लागि पनि सरकार निरन्तर लागिरहेको उनले बताईन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।