गण्डकी प्रदेशका अर्थ मन्त्री रामजीप्रसाद बराल जीवनले सिप अनुसारको काम र काम अनुसारको दाम पाउने सिस्टम ल्याउने बताएका छन्। नेकपा माओबादी केन्द्र माछापुच्छ«े गाउँ समिति कास्कीको मंगलबार आयोजना भएको पूर्ण बैठकमा सम्बोधन गर्दै मन्त्री बरालले देशका लाखौं युवालाई स्वदेशमै रोजागार सृजना गर्ने गरी सिप अनुसारको काम र काम अनुसारको दाम पाउने सिस्टम ल्याउने बताएका हुन्।
माओबादी केन्द्र गण्डकी प्रदेशका सचिवालय सदस्य समेत रहेका मन्त्री बरालले देशमा समाजवाद ल्याई छाड्ने दाबी गरे । नेपालमा अब एउटै कम्यूनिष्ट केन्द्र आवश्यक भएको उनको भनाई थियो । एकता सहितको रुपान्तरणमा आजको आवश्यकता भएको मन्त्री बरालले बताए ।
केही समय पश्चात नेकपा एकिकृत समाजवादीमा एमाले भित्रको ठुलो शक्ति प्रबेश गर्ने भएको मन्त्री बरालको भनाई छ । कम्यूनिष्ट आन्दोलनमा पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीले ठुलो घात गरेको उनको आरोप थियो । जनअपेक्षाकृत केही कामहरु गर्न नसकेको बताउदै मन्त्री बरालले पार्टी एकता र पार्टी फुटको दोष जनता भन्दा नेता नै रहेको जनाए । कागेंस एमालेका जस्ता उद्योगी व्यवसायीहरु भन्दा माओबादी केन्द्रका व्यवसायीहरुले बढी जनमुखी हुन मन्त्री बरालले सुझाव दिए ।
नेकपा माओबादी केन्द्र माछापुच्छ«े गाउँ समितिका अध्यक्ष बैकुण्ठ भण्डारीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा पार्टीका जिल्ला संयोजक बखानसिंह गुरुङ, जिल्ला सचिवालय सदस्य प्रविणा अधिकारी लगायतले माओबादी केन्द्रले जनमुखी काम गर्नुपर्नेमा जोड दिएका थिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


प्रधानमन्त्री बालेन्द्र शाहले तराई मधेशका केही जिल्लाहरूमा उत्पन्न पछिल्लो संवेदनशील अवस्थालाई समाधान…





