कुँडो पकाउन बालेको आगो सल्केर गोठ खरानी


     एभरेस्ट आवाज    
     भाद्र २३ गते २०७८ मा प्रकाशित




फाइल तस्विर

कुँडो पकाउन बालेको आगो सल्केर आगलागी हुँदा गोठ खरानी भएको छ । बागलुङको बागलुङ नगरपालिका वडा नम्बर ३ राम्चे बस्ने ५० वर्षिय मनिकला थापाको ढुंगा र माटोले बनेको एक तले टिनले छाएको गोठ कुँडो पकाउन बालेको आगो सल्किएर आगलागी हुँदा जलेर खरानी भएको हो ।

आगलागीबाट गोठमा रहेका एउटा भैंसी र एउटा गोरु जलेर मरेको गण्डकी प्रदेश प्रहरी कार्यालयले जनाएको छ । घटनामा मानवीय क्षेती नभएको प्रदेश प्रहरी कार्यालयले जारी गरेको बुलेटिनमा उल्लेख छ ।

घटनाको थप अनुसन्धान भईरहेको प्रहरीले बताएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।