पोखराका लागू औषध कारोबारी पक्राउ


     एभरेस्ट आवाज    
     भाद्र २३ गते २०७८ मा प्रकाशित




लागू औषध कारोबार गरेको आरोपमा पोखराबाट एक जना पक्राउ परेका छन् । लागू औषध कारोबार गरेको आरोपमा कास्की प्रहरीले पोखरा महानगरपालिका वडा नम्बर ३२ स्थित गगनगौंडाबाट मकवानपुर जिल्ला हेटौंडा उपमहानगरपालिका वडा नम्बर ७ स्थायी घर भई पोखरा महानगरपालिका नया गाउँ बस्ने १९ वर्षिय सन्देश तामाङलाई पक्राउ गरेको हो ।

लेखनाथ पावरहाउसस्थित चेकिङमा खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा उनको साथबाट १ केजी ७ सय २० ग्राम गाँजा र एक थान मोवाइल बरामद गरेको कास्की प्रहरीले जनाएको छ ।

पक्राउ परेका तामाङबिरुद्ध कास्की जिल्ला अदालतबाट १० दिन म्याद थप गरि अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले बताएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।