अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)ले एमसिसीको कुनै सैन्य गठबन्धन वा सुरक्षा रणनीतिका बीच कुनै सम्बन्ध नभएको स्पष्ट पारेको छ ।
एमसीसीको डिपार्टमेन्ट अफ कम्प्याक्ट अपरेसन्सकी उपाध्यक्ष फातेमा जे सुमारले अर्थमन्त्री जनार्दन शर्मालाई पत्र लेख्दै एमसिसीको कुनै सैन्य गठबन्धन वा सुरक्षा रणनीतिसँग सम्बन्ध नभएको स्पष्ट पारेकी हुन् । पत्रमा एसुमारले एमसीसीभित्र कुनै लुकेको एजेन्डा नभएको भन्दै बरु यसबारे नेपालमा गलत हल्ला फैलाइएको जवाफ नेपाल सरकारलाई पठाएकी छन् ।
यसअघी नेपाललले एमसिसीको सम्बन्ध कुनै सैन्य गठबन्धन वा सुरक्षा अंगसँग भए नभएको लगायतबारे जवाफ मागेको थियो । जवाफ दिदै सुमारले नेपालमा प्रचार भएजस्तो हिन्द प्रशान्त रणनीतिको सम्बन्धमा नेपालको कुनैपनि निर्णय एमसीसी नेपाल कम्प्याक्टबाट अलग र स्वतन्त्र रहेको बताएकी छन् । एमसीसीले पठाएको जवाफमा सम्झौता नेपालको संविधानभन्दा माथि नरहेको समेत दाबी गरिएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा, १४ भदौवाङ्मयिक र मानवअधिकारबारे पोखरामा हुने सबैजसो कार्यक्रममा पुग्ने टेकनाथ बरालको…






