अवराेधका बीच अर्थमन्त्री जनार्दन शर्माद्वारा बजेटसम्बन्धी प्रतिस्थापन विधेयक पेस


     एभरेस्ट आवाज    
     भाद्र २५ गते २०७८ मा प्रकाशित



k|ltlglw;ef a}7s cj?4 sf7df8f}F, @% ebf} M k|ltlglw;efsf] z'qmaf/sf] a}7sdf k|d'v k|ltkIf bn g]skf - Pdfn]_sf ;f+;bx?n] lj/f]w / gf/fafhL ub}{ tl:a/M k|bLk/fh jGt÷/f;;

अर्थमन्त्री जनार्दन शर्माले बजेटसम्बन्धी प्रतिस्थापन विधेयक प्रतिनिधिसभामा प्रस्तुत गरेका छन् । प्रतिनिधिसभाको आजको तेस्रो बैठकमा चालु आव २०७८÷७९ को राजस्व र आयव्ययको अनुमानित आयव्यय परिमार्जनसहित प्रस्तुत गरेका हुन् ।

उक्त विधेयकमा बहुआयामिक गरिबी घटाउने, उच्च आर्थिक दर कायम गर्ने र समावेशी आर्थिक नीति अवलम्बन गर्नेलगायत महत्वपूर्ण विषय समावेश रहेको छ ।

विनियोजन विधेयक २०७८ र राष्ट्र ऋण उठाउने विधेयक २०७८ प्रतिनिधिसभासमक्ष प्रस्तुत गर्ने कार्यसूचीसमेत रहेको छ । प्रतिनिधिसभाको आजको तेस्रो बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को विरोध र नाराबाजीका बीच उनले उक्त विधेयक प्रस्तुत गरेका हुन्।

सभामुख अग्निप्रसाद सापकोटाले बैठक प्रारम्भ भएको घोषणा गर्नासाथ प्रमुख प्रतिपक्षी दल एमालेका सासदले यसअघि झैँ उठेर रोष्टम घेराउ गर्दै नाराबाजी गरेका थिए । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे ः यस एभरेष्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।