नेकपा एमाले पुनर्गठन भएर बनेको नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी स्याङ्जाले असोज मसान्तसम्ममा गाउँ, नगर र वडा कमिटी गठन गरिसक्ने भएको छ । एमालेमा हुँदा बनेको एमाले स्याङ्जा जिल्ला समानान्तर कमिटीबाट नेकपा एकीकृत समाजवादी स्याङ्जा जिल्ला कमिटीमा रुपान्तर भएपछि बसेको पहिलो बैठकले आगामी असोज मसान्त भित्र जिल्लाका सबै गाउँपालिका, नगरपालिका र वडाहरुमा कमिटी गठन तथा गठन गरिएका वडाहरुलाई पूर्णता दिइसक्ने निर्णय गरेको हो ।
नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य चुडामणी जङ्गलीको प्रमुख आतिथ्यमा शुक्रबार सम्पन्न बिस्तारित बैठकले स्थानीय तह र जनवर्गीय संगठनलाई छिट्टै पूर्णता दिएर पार्टी बिस्तारलाई तीव्र रुपमा अघि बढाउने निर्णय गरेको जनाइएको छ ।
बैठकलाई सम्बोधन गर्दै प्रमुख अतिथि चुडामणी जंगलीले केपी ओलीले जनताको संघर्षबाट प्राप्त उपलब्धिलाई सिध्याउन खोजेर कम्युनिष्ट आन्दोलनलाई धोका दिएकोले पुनः एकपटक उठ्नुपर्ने बेला आएको बताए। ूईतिहासमै सबैभन्दा बढी झण्डै दुई तिहाई कम्युनिष्ट सांसद सदस्य रहेको प्रतिनिधी सभा समय अगावै बिघटन गर्नु प्रतिगामी कदमका साथै दक्षिणपन्थी कार्य भएको उनको भनाई थियो ।
एकीकृत समाजवादी जिल्ला अध्यक्ष रामचन्द्र भट्टराईको अध्यक्षतामा सम्पन्न बैठकलाई पूर्व गाविस अध्यक्ष राष्ट्रिय महासंघका अध्यक्ष ई। ओम शर्मा, हालै जनता समाजवादी पार्टीबाट एकीकृत समाजवादीमा आएका स्याङ्जाका पूर्व सांसद महेन्द्र थापामगर, एकीकृत समाजवादी केन्द्रीय विभाग सदस्य महाप्रसाद सुवेदी लगायतका वक्ताहरूले मन्तव्य राखेका थिए । एकीकृत समाजवादी स्याङजाका उप(सचिव टीकाराम नेपालीले सञ्चालन गरेकोकार्यक्रममा सचिवालय सदस्य बिष्णु गिरिले स्वागत मन्तव्य राखेका थिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले कास्कीलाइ मानव अधिकारको पूर्ण प्रत्याभूत…







