वाईसिसी र ग्लोबल क्लवको सहकार्यमा निःशुल्क कम्प्युटर तालिम


     एभरेस्ट आवाज    
     भाद्र २८ गते २०७८ मा प्रकाशित



युथ कम्युनिटी क्लव (वाईसिसी) र लायन्स क्लब अफ पोखरा ग्लोबल सेन्चुरीको सहयोगमा निःशुल्क तालिम शुरु भएको छ । सन्ध्या जब्स प्रा।लिको संयोजनमा निःशुल्क कम्प्युटर तालिम सञ्चालन गरिएको हो । आईतबारदेखि शुरु भएको तालिमको युथ कम्युनिटी क्लबका अध्यक्ष, लायन्स क्लब २१र२२ का अध्यक्ष तथा सन्ध्या जब्सका सञ्चालक पूर्ण कुमार श्रेष्ठले उद्घाटन गरे ।

उद्घाटन कार्यक्रममा बोल्दै युथ कम्युनिटी क्लबका अध्यक्ष, लायन्स क्लब वर्ष २१÷२२ का अध्यक्ष, सन्ध्या जब्सका सञ्चालक पूर्णकुमार श्रेष्ठले युवा व्यवसायीहरुबीच साथ, सहयोग र सहकार्यका लागि स्थापित युथ कम्युनिटी क्लब विगत २ वर्षदेखि पोखराबाट शुरु गरिएको बताए । उनले युवा व्यवसायीहरुको लागि व्यवसायीक तालिम, अन्तरक्रिया कार्यक्रम, मोटिभेसन कार्यक्रम, जनचेतना कार्यक्रम, बृक्षरोपण, रक्तदान कार्यक्रम गर्दै आएको जानकारी गराए । साथै क्लबका सदस्यहरुबीच देखिने व्यापारमा समस्या, विभिन्न रोगबाट देखिने समस्या समाधानको लागि सदस्यहरु बीच विपत व्यवस्थापन कोष सञ्चालन गरिएको उल्लेख गरे । सामाजिक कामहरु जस्तै वृक्षारोपण, रक्तदान, विपन्न परिवारलाई आर्थिक सहयोगलगायतका कार्य गर्दै आएको क्लवले यसपटक निःशुल्क कम्प्युटर तालिम सञ्चालन गरेको बताए । उनले तालिममा सिकेका कुराहरु व्यवहारमा लागु गरि रोजगार र व्यवसायमा लागु गर्न प्रशिक्षार्थीहरुलाई सुझाव दिए ।
कार्यक्रममा बोल्दै लायन्स क्लब अफ पोखरा ग्लोबल सेन्चुरीका संस्थापक अध्यक्षले लायन्स क्लबले समाजमा महत्वपूर्ण भुमिका खेल्दै आइरहेको र वर्ष २१र२२ को अध्यक्षले गरेको कार्यलाई हृदयदेखी नै सम्मान गर्नुपर्ने बताए ।
क्लबका उपाध्यक्ष जयन्ती मोक्तानले कार्यक्रमको सञ्चालन गर्दै युवा व्यवसायीहरुको लागि र नया व्यवासायीहरु उत्पादन गर्न क्लबले महत्वपूर्ण भुमिका खेल्दै आइरहेको बताईन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे ः यस एभरेष्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।