पोखरा । पहिलो पटक बारकोड टिकटको प्रयोग गर्दै पोखरा महानगरपालिका वडा नं. १७ डेभिजफलमा रहेको प्रसिद्ध गुप्तेश्वर महादेव गुफा आजदेखि पर्यटकको लागि खुल्ला गरिएको छ ।
कोरोनाको प्रत्यक्ष असरमा परेको आन्तरिक तथा वाह्य पर्यटक अत्याधिक आउने गुप्तेश्वर महादेव गुफामा १५ लाख लागतमा अत्याधुनिक बारकोड स्क्यानर गेट राखिएको हो ।
पर्यटकले आफुले लिएको टिकटमा भएको बारकोड स्क्यान गरेपछि मात्र गेट खुल्ने भएकोले दैनिक कति पर्यटकको आगमन भयो सजिलै थाहा हुने भएको छ ।
हरेक दिनको पर्यटकको संख्या लगाएत अन्य विवरणहरु पाउन सकिने भएकोले गुफाको प्रचारप्रसारमा महत्वपूर्ण योगदान पुग्ने प्रचारप्रसार उपसमितिका सदस्य कृष्ण रानाभाटले बताए ।
नयाँ वर्षको सुरुवातमै सञ्चालनमा ल्याउने तयारी रहेकोमा लकडाउनका कारण सामान नआएकाले अहिले मात्र सञ्चालनमा ल्याइएको कार्यलय प्रमुख नारायण पौडेलले बताए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखराको मोहरियाटोलमा रहेको विन्ध्येश्वरी आदर्श स्कुलमा टेबल टेनिस तथा बुद्धिचाल प्रतियोगिता सम्पन्न…





