एकीकृत नेकपा माओवादी निकट युवा संगठन योङ कम्युनिष्ट लिग (वाइसिएल) का केन्द्रीय संयोजक सुमन देवकोटा (अब्दुल)ले सरकारको पछिल्लो हर्कतले आफूहरुलाई झस्काएको बताएका छन् । प्रेस संगठन कास्कीले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले तानाशाह केपी शर्मा ओलीलाई ढालेर आएको वर्तमान सरकारको दल फुटाउने अध्यादेश र एमसिसीका विषयमा भइरहेको षडयन्त्रले आफूहरुलाई झस्काएको बताएका हुन् । वाईसिएलका लागि देशको राष्ट्रिय अखण्डता, स्वाधिनता, सार्वभौमसत्ता र संविधान सबैभन्दा माथि भएको बताउँदै उनले भने,‘एमसिसी आउँदैमा सबैकुरा बिग्रिहाल्छ, भत्किहाल्छ, सिद्धहाल्छ भन्ने पक्षमा वाईसिएल छैन, तर देशको राष्ट्रिय अखण्डता, स्वाधिनता, सार्वभौम सत्ता र संविधानलाई बन्दकी राखेर कुनैपनि देशको अनुदान र सहयोग वाईसिएललाई स्वीकार्य हुँदैन ।’ एमसिसीमा भएको केहि प्रावधानका कारण देशको राष्ट्रियता खतरा पर्ने उनले बताए ।
संयोजक देवकोटाले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसदमा देखाएको हर्कत तुच्छ खालको भएको टिप्पणी गरे । एमालेकै कारण अहिले बजेट खर्च गर्न नपाउने स्थितिमा पुगेको र यसका कारण जनताले महङ्गीलगायतको समस्या भोग्नु परेको भन्दै एमालेलाई सो हर्कत सुधार्न आग्रह गरे । एमालेको हर्कतले संसदीय ब्यबस्थाको खिल्ली उडाएको छ,उनले भने,‘कि त ब्यबस्था नै खराब हो भन्नु प¥यो । माओवादीले त पहिलेदेखि नै शासकीय ब्यबस्था सुधार्नुपर्छ धेरै पहिलेदेखि नै भनिरहेकै हो, कि एमाले माओवादी केन्द्रको एजेण्डामा आउनुप¥यो, होइन भने वर्तमान ब्यबस्थाको बिरुद्धमापनि हर्कत गरिरहने काम अन्तरविरोधी भएकाले सुधार्न म आग्रह गर्दछु ।’
संयोजक देवकोटाले फेवाताल मिचेर खानेहरुलाई चैनसँग सुत्न नदिने चेतावनी दिए । फेवाताल मिचेर खानेहरुले चैनको निन्द्रा सुत्न पाउँछन्जस्तो मलाई लाग्दैन,उनले भने,‘वाईसिएल हार्दिकतापूर्वक सरकारलाई माग गर्छ,यो मागलाई सम्बोधन भएन भने वाईसिएलले हिजोकै रुपमा प्राकृतिक सम्पदा हडप्ने, मिच्ने, कब्जा गर्ने अपराधीहरुलाई सडकमा ल्याउँछ ।’ उनले फेवाताल मात्र नभई राज्यको सम्पती दोहन गर्ने सबै खालका अपराधीहरुलाई नछाड्ने बताए । ‘जसले भ्रष्टाचार गर्छ, जसले अनियमितता गर्छ, सामाजिक अपराध गर्छ त्यसको बिरुद्धमा हामी आन्दोलन गर्छौं’–उनले भने ।
वाईसिएल संयोजक देवकोटाले वाईसिएलले पालिकाहरुमा भएको भ्रष्टाचारको खोजी गरेर सार्वजनिक गर्ने बताए । अहिले महालेखा परीक्षकको कार्यालयले पालिकाहरुमा भएको भ्रष्टाचारहरुको उजागर गरेको छ,उनले भने,‘हामीले सरकारलाई सात सय ५३ वटै स्थानिय तहहरुमा भएको भ्रष्टाचारको खोजि गरोस् भनेर ज्ञापन पत्र बुझाईसकेका छौं, अब वाईसिएलले पनि प्रत्येक स्थानिय तहमा भएको भ्रष्टाचारको खोजी गर्छ ।’ उनले पोखरा महानगरपालिकामा भएको ७० करोडको बेरुजुपनि एक प्रकारको भ्रष्टाचार भएको बताउँदै त्यसको हिसाबकिताब खोजिने बताए । उनले महानगरको १३ करोड गायब भएको विषयमा मसिनो गरि खोजि गरिने बताए ।
संयोजक देवकोटाले युवालाई उद्यमशिलतासंग जोडेर रोजगारी, स्वरोजगार बनाउँदै देशलाई समृद्धि र विकासको बाटोमा डोहो¥याउन वाईसिएलले भूमिका खेल्ने बताए । उनले बन्द रहेका भृकुटी कागज कारखाना, गोरखकाली रबर उद्योगलगायतका उद्योगहरु सञ्चालनका लागि वाइसिएलले पहल गर्ने बताए । ‘यी उद्योग चलाउन हामी तयार छौं, युवाहरुलाई रोजगारीपनि दिन्छौं, उत्पादनपनि गर्छौं र नाफा कमाएर सरकारलाई फाईदापनि दिन्छौं’–उनले भने ।
संयोजक देवकोटाले वाईसिएलले प्रत्येक निर्वाचन क्षेत्रमा स्वयम्सेवक दस्ता र प्रत्येक पालिका र प्रत्येक वडामा स्पेसल टास्क फोर्स बनाउने जानकारी दिए । ‘प्रत्येक निर्वाचन क्षेत्रमा एक हजार जनाको स्वयम्सेवक दस्ता बनाउँछौं, प्रत्येक पालिका र प्रत्येक वडामा स्पेसल टास्क फोर्स गठन गर्छौं’–उनले भने । त्यसले लड्ने भिड्ने नभई भ्रष्टाचारबिरुद्ध क्याम्पेनिङ गर्ने, युवाहरुलाई उत्पादनमा जोड्ने, संगठन बिस्तार र प्रचारप्रसार गर्ने उनले प्रष्ट्याए । उनले एकीकृत नेकपा माओवादीलाई देशको सबैभन्दा ठूलो पार्टी बनाउन वाईसिएलले भूमिका खेल्ने बताए । ‘हिजो वाईसिएलले नै लडेर माओवादीलाई ठूलो पार्टी बनाएको थियो, फेरिपनि वाईसिएलले सबै मूल्य चुकाएर पार्टीलाई ठूलो पार्टी बनाएरै छाड्छ ।’–उनले भने ।
संयोजक देवकोटाले युवाहरुलाई राज्य र पार्टीको नीति निर्माण तहमा पु¥याउन वाईसिएलले भूमिका खेल्ने बताए । उनले भने,‘युवाहरु ढुंगामुढा गर्ने, नेताको गुलामी वा नेताको वरिपरी हिंडेर आदेशको पालना गर्ने होइन, उनीहरुलाई राज्यको, पार्टीको नीति निर्माणको तहमा पु¥याउन भूमिका खेल्दै आएको थियो, अबपनि त्यो भूमिका खेल्छ ।’
प्रेस संगठन कास्कीका संयोजक सन्देश श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन संगठनका नेता घनश्याम पाण्डेयले गरेका थिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक २५ होटल संघ पोखरा, नेपालको आयोजनामा बुधबार पोखरामा आयोजित…







