बुद्ध विशाल बजार ब्यापारिक एशोसियसनको अध्यक्षमा केशवबहादुर खत्री दोहोरिएका छन् । एशोसियसन बाह्रौं अधिवेशनले खत्रीलाई पुनः अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । समितिको उपाध्यक्षमा ईन्द्रराज अर्याल, महासचिवमा बुद्दी कुवँर, सचिवमा राजु केसी, कोषाध्यक्षमा थमनसिंह गुरुङ चयन भएका छन् ।
एशोसियसनको सदस्यहरुमा लक्ष्मण आचार्य, प्रविण महाजन, ज्ञानेन्द्रमा श्रेष्ठ, ईन्द्रमाया गुरुङ, शान्ति श्रेष्ठ जोशी, पार्वती ढकाल बस्ताकोटी, गणेश पौडेल मनोहरि पौडेल, गोविन्दप्रसाद दाहाल र सुशिल श्रेष्ठ चयन भएको एशोसियसनका अध्यक्ष केशवबहादुर खत्रीले जानकारी दिए ।
यसअघि साधारणसभा तथा अधिवेशनको पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष नारायण कोइरलाले उद्घाटन गरेका थिए । कार्यक्रममा बोल्दै उनले बुद्ध विशाल बजार ब्यापारिक एशोसियसन पोखराको एक नमुना एशोसियसन रहेको उल्लेख गरे ।
बुद्ध विशाल बजार ब्यापारिक एशोसियसनका अध्यक्ष केशवबहादुर खत्रीले ब्यवसायी साथीहरुको हकहितका लागि आफू लड्दै आएको र आफू रहेसम्म व्यवसायीहरुको हक, हित र अधिकारका लागि जस्तोसुकै मुल्य पनि चुकाउन तयार रहेको बताए ।
एशोसियसनका सदस्य सुदीप ढकालले बिशाल बजारका व्यवसायी साथीहरूलाई आफ्नो तर्फवाट साथ र सयोग रहिरहने प्रतिबद्धता जनाए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा ।पोखराको रत्नचोकमा रहेको श्रीकृष्ण प्रणामी मन्दिरमा श्रीमदवीतक चर्चा एवं श्रीकृष्ण कथा…





