गण्डकी प्रदेशका प्रदेश प्रमुख पृथ्वीमान गुरुङद्घारा विन्ध्यवासिनी मा.विको व्यवस्थापन तथा संरक्षकत्वमा संचालित पर्यटकीय क्षेत्र महेन्द्र गुफाको अवलोकन गर्नुभएको छ ।

पारिवारीक भ्रमणको सिलशिलामा महेन्द्र गुफा पुग्नु भएका गुरुङलाई महेन्द्र गुफा चमेरे गुफा पर्यटकीय विकास समितिका संयोजक गुरुदत्त भट्राई र समितिका सदस्य–सचिव शिशिर पौडेलले वुके र खादा लगाएर सम्मान सहित स्वागत गर्नुभयो । पोखराकै प्राकृतिक गुफाको रुपमा परिचीत विन्ध्यवासिनी मा.विको व्यवस्थापन तथा संरक्षकत्वमा संचालित महेन्द्र गुफाको अवलोकन पछि प्रदेश प्रमुख गुरुङले लामो समयको अन्तराल पछि गुफा अवलोकन गर्न पाएकोमा खुशी व्यक्त गर्दै, यसको व्यवस्थित विकास गर्न सुझाव दिनुभयो ।महेन्द्र गुफा विश्वकै प्रमुख पर्यटकीय स्थल वन्न सक्ने आधार प्रसस्त रहेको भन्दै उहाँले सवैको प्रयासवाट यसको थप सौन्दर्यकरण वढाउन तर्फ लाग्नुपर्ने बताउनुभयो ।
प्रदेश प्रमुख गुरुङले हाल भैरहेका निर्माण कार्य उदाहरणीय रहेकोमा विद्यालय तथा विकास समितिको प्रशंसा समेत गर्नुभयो । सो अवसरमा प्रदेश प्रमुख गुरुङलाई समितिका संयोजक गुरुदत्त भट्राईले गुफाको वर्तमान अवस्था, यहाँ भैरहेका विकास निर्माण तथा व्यवस्थित विकासको गुरुयोजनाका विषयमा जानकारी गराउनु भएको थियो । उहाँले गुफा विकासका लागी प्रदेश सरकारको महत्वपुर्ण भुमिका रहेको वताउदै, थप विकासका लागी पनि ध्यानाकर्षण गराउनुभयो ।
कोभिड महामारीको दोस्रो लहरका कारण वैशाख १४ गते देखि वन्द रहेका महेन्द्र तथा चमेरे गुफा स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर असोज १ गतेवाट संचालनमा आएका छन । यसअघि पनि कोभिड महामारीका कारण ९ महिना गुफा वन्द भएको थियो ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा, १४ भदौवाङ्मयिक र मानवअधिकारबारे पोखरामा हुने सबैजसो कार्यक्रममा पुग्ने टेकनाथ बरालको…






