पोखरा । शिव शिखर बहुउद्देश्यि सहकारी संस्था लिमिटेड पोखरा सेवा केन्द्रले उत्कृष्ट सदस्यहरुलाई शनिबार सम्मान गरेको छ ।
सहकारीले स्थापनाको दोस्रो वार्षिक उत्सवको अवसर पारेर आफ्ना उत्कृष्ट सदस्यहरुलाई सम्मान गरेको सेवा केन्द्र पोखराका प्रवन्धक रमेश न्यौपानेले जानकारी दिए ।
दोस्रो वार्षिकोत्सवको अवसरमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उत्कृष्ठ सदस्यहरुलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा शाखा प्रवन्धक न्यौपानेले सहकारीले हालसम्म गरेका कार्य र भावी योजनाका बारेमा सदस्यहरुलाई जानकारी दिएका थिए । उनले कार्यक्रममा सेवाग्राहीको लगानीलाई सुरक्षित गर्ने गरि विभिन्न योजनाहरु रहेको भन्दै ढुक्क भएर लगानी गर्न अनुरोध गरे ।
साथै उनले संस्थाले सञ्चालन गरेको गार्डेन मार्टमा किनमेल गर्दाका फाइदाका विषयमा पनि सदस्यहरुलाई जानकारी गराए ।
पोखराको पस्र्याङमा रहेको सहकारीले आफ्नै व्यवस्थापनमा गत चैतबाट गार्डेन मार्ट डिपार्टमेन्ट स्टोर सञ्चालनमा ल्याएको हो ।

कार्यक्रममा झण्डै २५० बढी सदस्यहरुको उपस्थिती रहेको थियो ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक २५ होटल संघ पोखरा, नेपालको आयोजनामा बुधबार पोखरामा आयोजित…







