विरेठाँटीदेखि घान्द्रुक तथा काँडेदेखि अष्ट्रेलियन क्याम्पसम्म सरसफाई तथा मर्मतसम्भार शुरु


     एभरेस्ट आवाज    
     असाेज १४ गते २०७८ मा प्रकाशित




अल्पकालीन रोजगार अन्तर्गत विरेठाँटीदेखि घान्द्रुक तथा काँडेदेखि अष्ट्रेलियन क्याम्पसम्म सरसफाई शुरु गरिएको छ । ट्रेकिङ एजेन्सिज एशोसियसन अफ नेपाल (टान) पश्चिमाञ्चल क्षेत्रीय संघको समन्वय, नेपाल पर्यटन वोर्ड र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमको सहकार्यमा पर्यटन क्षेत्रमा संलग्न जनशक्तिको प्रयोग गरी सरसफाई शुरु गरिएको हो ।

अल्पकालीन रोजगार अन्तर्गत २१ जनाको प्रयोग गरी विरेठाँटी–दाङसिङ–मोहरिया– टाढापानीहुँदै घान्द्रुकसम्मको पदमार्गको सरसफाई थालिएको छ । त्यस्तै आजै काँडे–अष्ट्रेलियनक्याम्प–पोथना, धम्पुस, अस्तामहुँदै मेलबोटसम्मको हाइकिङ क्षेत्र सरसफाई तथा मर्मतसम्भार कार्य शुरु गरिएको टान पश्चिमाञ्चलका अध्यक्ष सुशील पौडेलले जानकारी दिए । दुबै रुटमा मजदुरहरुले १० दिनसम्म काम गर्ने उनले बताए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।