पोखराबाट १८ जना जुवाडे पक्राउ


     एभरेस्ट आवाज    
     असाेज १८ गते २०७८ मा प्रकाशित




पोखराबाट १८ जना जुवाडे पक्राउ परेका छन् । पोखार महानगरपालिका वडा नम्बर १९ लामाचौरबाट ९ र गैरीखोरबाट ९ जना गरी कुल १८ जना जुवाडे पक्राउ परेका हुन् । दुबै खालबाट ८० हजार भन्दा बढी नगद बराम गरिएको गण्डकी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरीले पोखरा १९ लामाचौरस्थित हरिमाया पुनको घरमा तास खेलिरहेका ९ जनालाई ३ बुक तास र ३४ हजार ७ सय ५० नगदसहित पक्राउ गरेको जनाइएको छ ।

त्यस्तै, पोखरा १९ गैरीस्थित बिना पुनको घरमा तास खेलिरहेका ९ जनालाई ३४ हजार ३ सय ७० रुपैयाँसहित पक्राउ गरिएको प्रहरीले जारी गरेको बुलेटिनमा उल्लेख छ ।

पक्राउ परेकाहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।