सामूहिक लगानीमा व्यवसाय गर्नुपर्नेमा जोड


     एभरेस्ट आवाज    
     असाेज २४ गते २०७८ मा प्रकाशित



दसैं र तिहारको उपलक्ष्यमापोखरा चेम्बर अफ कमर्स कास्कीले शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ ।कार्यक्रममा पोखरा चेम्बर अन्तर्गत निर्वाचित पोखरा महानगर कमिटी तथा इकाईका अध्यक्षहरुलाई स्वागत तथा सम्मान गरिएको छ ।
नेपाल चेम्बर अफ कमर्स केन्द्रीय अध्यक्ष राजेन्द्र मल्लले बिउपुँजी संकलन गरेरसमुहगत तथा सामूहिक लगानीमा उत्पादनमुखी कार्यक्रम लाग्न आग्रह गरे । उनले एकल भन्दा सामूहिक रुपमा व्यवसायमा जान सुझाव दिए । अध्यक्ष मल्लले कृषि, जडिबुटी, सुन्तला र सूचना प्रविधिको क्षेत्रमा काम गर्न आग्रह गरे ।उनले नयाँ प्रविधिमार्फत व्यावसायिक परियोजना गरे केन्द्रले सहयोग गर्ने बताए ।
‘कोभिड १९का कहरले उद्योगी व्यवसायीलाई आफै उत्पादन गरेर आत्मनिर्भर बन्न सिकाएको छ,’अध्यक्ष मल्लले भने, ‘रोजगारीको लागि विदेश जाने होइन । विदेशका उत्पादित सामान ल्याएर बेच्ने सजिलो व्यवसाय गर्ने हँुदैन ।’ उनले मिल्दोजुल्दो व्यवसाय गर्ने कर्पोरेट कार्यालय खोलेर काम गर्न सुझाव दिए । अध्यक्ष मल्लले पोखरामा इलेक्ट्रिक सवारी साधनको प्रवद्र्धनका चेम्बरले सहकार्य गर्ने उल्लेख गरे ।
कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिलकुमार शाहीले उद्योग व्यवसायको प्रवद्र्धनका लागि स्थानीय प्रशासनले निजीक्षेत्रसँग सहकार्य गर्ने बताए । गण्डकी प्रदेश चेम्बर अफ कमर्सका अध्यक्ष किसान सुनारले निजी क्षेत्रका संघ संस्थाहरु एक आपसमा प्रतिस्पर्धी नभएर साझेदार भएको उल्लेख गरे । उनले उद्योगी व्यवसायीका एजेन्डामा निजी क्षेत्र एक ठाउँमा उभिने बताए ।
पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष नारायण कोइरालाले उद्योग तथा व्यवसाय क्षेत्रका सवाललाई सामुहिक र संस्थागत रुपमा उठाउने प्रतिवद्धता व्यक्त गरे । उनले संघ संस्थासँग समन्वय र सहकार्य गरेर निजी क्षेत्रको समस्या हल गर्ने बताए । उनले बैंक व्याज तथा कोभिड १९को कारण धेरै व्यवसायी पलायन हुने अवस्थामा पुगेको दाबी गरे ।कार्यक्रममा पोखरा चेम्बर अफ कमर्स कास्कीका अध्यक्ष, यमनाथ पौडेल,उद्योग तर्फका उपाध्यक्ष ज्ञानबहादुर नेपाली, महासचिव नवराज आचार्य लगायतले कोभिड १९ले उद्योग व्यवसायमा परेको असरबारे बोलेका थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे ः यस एभरेष्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।