बहुबर्षिय रणनीतिक महत्वका आयोजना काटिएको होईन : मन्त्री बराल

- भरत पोखरी बिकास मन्चद्वारा शुभकामना आदानप्रदान


     एभरेस्ट आवाज    
     असाेज २८ गते २०७८ मा प्रकाशित



पोखरा महानगर्पालिका वडा न ३३ भरतपोखरी मा रहेको भरत पोखरी बिकास मन्चले बिजया दशमी तिहार छठ ,नेपाल सम्बत ११४२ को अबशरमा शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम सम्पन्न गरेको छ। गण्डकी प्रदेश सरकारका आर्थिक मामिला मन्त्री रामजीप्रसाद बराल बरालको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रममा मन्त्री बरालले सामाजिक न्याय सहितको बिकास आजको आबश्यकता भएको भन्दै नेपाली समाजको मोडल अनुसारको भौतिक बिकासमा जोड दिए। प्रदेसका बहुबर्षिय आयोजनाका कार्यक्रम काटिएको नभएर स्रोत अभाबले स्थगित भएको बताए। यो सरकार अघिल्लो सरकारको उत्तराधिकारी भएको भन्दै बहुबर्षिय आयोजनाका बजेट काट्नै नमिल्ने बताए। उनले बजेट काटिएको नभई बजेट अभावले स्थगित गरिएको बताए । उनले के पि ओलि भन्दा देउवा प्रगतिशील भएको भन्दै उनले यो सरकार संविधान अनुसारै बनेको हुदा अपबित्र गठबन्धन नभन्न आग्रह गरे।

कार्यक्रममा नेकपा एमालेका युबा नेता रश्मि आचार्यले बिकासले बिनास निम्त्याउन नहुने भन्दै बिकास बाताबरण मैत्री हुनैपर्ने बताए। आचार्यले बिकासमा कोहि पनि बिभाजित हुन नहुने र यसका लागि एक भएर बुलन्द आवाजका साथ अघि बढ्न आग्रह गरे। नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजबादी कास्किका अध्यक्ष धनराज आचार्यले बिकास सबैको साझा भएको उल्लेख गर्दै थप कटिबद्धताका साथ लाग्ने प्रतिबद्धता ब्यक्त गरे ।

सो कार्यक्रममा भरत पोखरिबाट बिश्व बिध्यालयका विभिन्न परीक्षाहरुमा उत्कृस्टता हासिल गर्ने बिद्यार्थिहरु प्रजिता कडेल ,सुशील तिवारी ,नम्रता काफ्ले, लायन्स क्लब अफ ईन्टरनेसनल ३२५बि १ का गर्भनर बिशेश्वर आचार्यलाई ,ज्योतिष पिताम्बर पौडेल र साहित्यकार जीवन सागर भण्डारीलाई सम्मान गरिएको थियो।

कार्यक्रममा सरस्वती टीका मा बि ब्यबस्थापन समिति अध्यक्ष रिशिराज आचार्य ,मंचका सल्लाहकारद्वय हेम प्रसाद थापा ,केशर प्रसाद निर्दोसी ,भरत पोखरी बचत तथा सहकारिका अध्यक्ष कृष्ण प्रसाद अधिकारी ,सो वडाका अध्यक्ष शिव प्रसाद आचार्य ,गुप्तेश्वर महादेब गुफा ब्यबस्थापन समिती अध्यक्ष बिष्णु प्रसाद पौडेल ,लायन्स क्लब अफ ईन्टरनेसनल ३२५बि १ का गर्भनर बिशेश्वर आचार्य ,पत्रकार रामजीप्रसाद लम्साल ,नेपाली काङ्ग्रेसका युबा नेता बिजयराज आचार्य लगाएतले मन्तव्य व्यक्त गरेका थिए।

मंचका अध्यक्ष डिल्लीराम बरालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत सदस्य बिजय भण्डारी , संचालन सचिब राम प्रसाद ढकालले गरेका थिए। उक्त वडाको कार्यालयमा आयोजित सो कार्यक्रममा वडाका नागरिक समाज ,विभिन्न राजनितिक दलका ,संघ संस्था लगाएत स्थानियहरुको सहभागिता रहेको थियो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे ः यस एभरेष्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।