बडादशैंको शुभ कामना , सुरक्षित रहि उमंगले मनाउनु होला ।


     एभरेस्ट आवाज    
     असाेज २९ गते २०७८ मा प्रकाशित



नेपालीहरुको महान् सांस्कृतिक पर्व बडा दशैंको तपाईं सम्पूर्णमा हार्दिक मंगलमय शुभकामना । दशैंको आज दसौं दिन । बिजया दशमी पर्व । १०.०२ बजेको शुभ साइतमा टिका लगाउने तयारी हुदैछ होला । दशैंकैलागि भनि घरबाट टाढा रहेका परिवारका सदस्यहरु घर फर्कि सकेका होलान् । पारिवारिक पनर्मिलनका कारण परिवारमा बेग्लै रौनक आएको होला । पोहोर कोरोना कहरकै कारण जो जहां थियौं त्यहि रहि डराई डराई खुम्चिएर दशैं मनाएको हामीले बिर्सेका छैनौं । तर यो बर्ष परिश्थितिमा केहि सकारात्मक सुधार आएको, जनस्वास्थ्यका मापदण्ड पालनामा नागरिकहरु सचेत रहेको र १८ बर्ष माथिका अधिकांशले खोप लगाउन पाएका कारण हामीले सुधारिएको परिवेसमा दशैं मनाउन पाएका छौं ।
त्यसैले यस बर्षको दशैं उल्लासमय वातावरणमा उमंगकासाथ मनाउनुस् । तर दशैं मनाई रहदा ख्याल गर्नुस् हाम्रा जमघट, भेटघाट, खानपान, रमाइलो,गेट टुगेदर कोभिड-१९ को तेस्रो लहरको कारण नबनोस् । एउटा कुरा के नबिर्सौं भने हो अहिले संख्यात्मक रुपमा कोरोना संक्रमण र मृत्यु दर घटेको छ तर यसको मतलब कोभिड-१९ को जोखिम भने घटेको होइन । त्यसैले जिम्मेवार बन्नु होला , होशियारी अपनाउनु होला । मास्क लगाउने, अनिवार्यरुपमा भौतिक दुरी कायम गर्ने र सानिटाइजरले पटक पटक हात सेनिटाइज गर्ने वा साबुन पानीले मिचि मिचि हात धुने जस्ता जनस्वास्थ्यका आधारभूत मापदण्डहरु अनुशासित भई पालना गर्न नबिर्सनु होला । अन्यथा यसप्रतिको लापरवाहि कोरोनाको तेस्रो लहरको कारण बन्न सक्छ । यस संबेदनशिल अवश्थालाई गम्भिरतापूर्बक मनन् गरि आफ्ना आनिबानि , ब्यबहार र शैलि आफू र आफ्नो परिवार पूर्ण सुरक्षित रहने परिश्थिति निर्माण गर्नु होला । जिबन रहे आगामि कैयन बर्षहरु फुक्काफाल तरिकाले मनाउनका लागि प्रतिक्षामा रहनेछन् भन्ने नबिर्सनु होला । दशैंको टिका लगाउन पनि खुल्ला ठांउमा बनाउनु होला । ज्येष्ठ नागरिकहरुको इम्युनिटी पावर कम हुने भएकाले बिशेष साबधानि अपनाउनु होला । खानपान/जमघट गर्दा पनि कम्तिमा १/२ मिटरको भौतिक दुरी कायम गरि दशैं गतिबिधिलाई पूर्ण सुरक्षित बनाउनु होला । समग्रमा तपाईं हामी सबैको दशैं भब्यसंगै सभ्य अनि सुरक्षित हुन सकोस् ।

यो संगै दशैंमा खानपानमा पनि ध्यान दिनु होला । दशैं भन्ने बितिक्कै तेलमा तारेका,मर मसला हालेका,चिल्लो पिरो माछा मासुका बिशेष परिकार टन्न खानै पर्छ र मदिरा सेवन गर्नै पर्छ भन्ने छैन । त्यसैले आफ्नो स्वास्थ्यको बिशेष ख्याल गरि ठिक्क मात्रामा खानपान गर्नु होला । मुटु , कलेजो, मिर्गौला, मधुमेह, उच्च रक्तचाप लगायतका दीर्घरोगीहरुले झन् धेरै स्वास्थ्य सचेतना अपनाउनु होला । रसरमाईलो, पारिवारिक पुनर्मिलन, आत्मिय भेटघाट को अवसर जुटाउने उमंगको पर्व दशैं ‘जिब्रोको स्वाद’का कारण ‘अकाल’ ज्यान गुमाउनु पर्ने कारण पनि नबनोस् । त्यसैले आफ्नो स्थिति र बाह्य परिश्थितिलाई ख्याल गर्दै दशैं उल्लासमय वातावरणमा उमंगका साथ मनाउनु होला । शुभ कामना ।

मास्क, भौतिक दुरी र हात धुने नियम पालना गरौं ।
जिम्मेवार बनि सुरक्षित रहि उमंगले दशैं मनाऔं ।
ह्याप्पि दशैं । जय होस् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे ः यस एभरेष्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।