निक्षेपमा ब्याजदर बढाएर कर्जाको ब्याजदर बढाउने बैंकहरुको नियत : पो.उ.वा.संघको खबरदारी, तत्काल निर्णय सच्याउन माग


     एभरेस्ट आवाज    
     कार्तिक २ गते २०७८ मा प्रकाशित





पोखरा उद्योग वाणिज्य संघले निक्षेपको बैंक ब्याजदरमा दोहोरो अंक कायम गरी ब्याजदर बढाउने निर्णय फिर्ता लिन आग्रह गरेको छ । संघका महासचिव सुरेन्द्रमान बिजुक्छेले आज एक विज्ञप्ती जारी गर्दै बैंकहरुले तरलताको अभाव देखाउँदै निक्षेपमा दिदै आएको बैंक ब्याजदरमा दोहोरो अंक कायम गरी ब्याजदर बढाउने सम्बन्धमा गरेको निर्णय फिर्ता लिन माग गरेका हुन् ।

संघले जारी गरेको विज्ञप्तीमा निक्षेपमा ब्याजदर बढेपछि कर्जामापनि स्वतहः ब्याजदर बृहिद्ध हुने भन्दै सो निर्णय फिर्ता लिन माग गरिएको छ । विश्वव्यापी महामारीका रुपमा फैलिएको नोभल कोरोना भाइरस (कोभिड १९)का कारण तहसजहस भई जेनतेन ब्यापार व्यवसाय सञ्चालन गरेका उद्यमीहरुले यसरी बैंकको एकतर्फी र मनोमानी ब्याजदर बढाउने निर्णयले असर पारेको विज्ञप्तीमा उल्लेख छ । साथै ब्याजदर बढ्दा मूल्य बृद्धिपनि हुने र सोहि कारण सर्वसाधारणको दैनिक जीवनमापनि असर पर्नेतर्फ ध्यान दिन संघले आग्रह गरेको छ ।

संघले निर्णय सच्याउनका लागि निर्देशन गर्न नेपाल सरकार, अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक र बैंकर एशोसियसनलाई आग्रह गरेको छ । साथै ब्याजदर बढाउने निर्णय नसच्चिए बैंकहरुप्रति नीजि क्षेत्रले असहयोग गर्ने भन्दै त्यसबाट उत्पन्न हुनसक्ने समस्या र क्षेतिको जिम्मेवारी बैंकहरुले नै लिनुपर्ने चेतावनी दिइएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।