जिल्ला अलैची उत्पादक कृषक संघ कास्कीको तेस्रो साधारणसभा तथा अधिवेशनले सुरेन्द्रजङ्ग क्षेत्रीको अध्यक्षतामा नया कार्य समिति चयन गरेको छ । समितिको शुक्रबार भएको अधिवेशनले उपाध्यक्षमा विशाल गुरुङ, महासचिवमा रामचन्द्र पौडेल, सचिवमा सुरेश सापकोटा र कोषाध्यक्षमा लालशोभा गुरुङलाई निर्विरोध चयन गरेको हो ।
अधिवेशनले सदस्यहरुमा नेत्रप्रसाद अधिकारी, नरेशराज लामिछाने, क्याप्टेन मन्त्रीजुङ्ग गुरुङ, रुपेश गुरुङ, माया गुरुङ र बिनु बस्नेतलाई चयन गरेको छ ।
अधिवेशनले समितिको सल्लाहकारहरुमा निवर्तमान अध्यक्ष जितबहादुर बस्नेत, जसबहादुर गुरुङ, बाशुदेव तिवारी, इन्द्र गौचन, जीवनाथ लामिछाने र कुन्तीकुमारी गुरुङलाई चयन गरेको छ ।
यसअघी अधिवेशनको बन्द शत्रमा निवर्तमान कोषाध्यक्ष कुन्ती गुरुङले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन र उपाध्यक्ष जसबहादुर गुरुङले प्रस्तुत गरेको प्रगती प्रतिवेदन हलले ताली बजाएर पारित गरेको थियो ।
कार्यक्रममा बोल्दै माछापुच्छ्रे मर्दी खोला अलैची ब्लगका अध्यक्ष दीपक पौडेल र सदस्य नरेशराज लामिछानेलगायतले अलैंची किसानलाई बृहद रुपमा संगठित गर्दै कास्कीलाई अलैची विकासको केन्द्र बनाउनुपर्नेमा जोड दिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक २५ होटल संघ पोखरा, नेपालको आयोजनामा बुधबार पोखरामा आयोजित…







