सुनगाभा सहकारीको अध्यक्षमा थापा


     एभरेस्ट आवाज    
     कार्तिक ७ गते २०७८ मा प्रकाशित




पोखरा । सुनगामा बचत तथा ऋण सहकारी संस्था लिमिटेड पोखरा–१८ सेदीभिलेजको सञ्चालक समितिको अध्यक्षमा कृष्ण बहादुर थापा निर्विरोध चयन भएका छन् ।

सहकारीको शनिबार सम्पन्न पाँचौ अधिवेशन तथा १२ औँ वार्षिक साधारणसभाले थापाको अध्यक्षतामा नौ सदस्सीय सञ्चालक समिति र लेखा समिति चयन गरेको हो । थापा तेस्रो कार्यकालका लागि अध्यक्ष चुनिए हुन् ।

यसैगरी समितिको उपाध्यक्षमा पार्वती कोइराला, सचिव कृष्ण थापा र कोषाध्यक्ष राजु थापा रहेका छन् । सदस्यहरुमा रमेश थापा(सुमन),सुरेन्द्र थापा,निर्मल गौतम,रमेशबहादुर थापा र देवकी पहारी छन् ।

लेखा समिति संयोजकमा रामबहादुर थापा र सदस्यहरुमा मिना थपलिया र भगवान पहारी चयन भए । पत्रकार गणेश पहारी संयोजक तथा सूर्यबहादुर थापा र पवित्रा बास्तोला सदस्य रहेको निर्वाचन समितिले निर्वाचित पदाधिकारीहरुलाई शपथ गराएको थियो ।

साधारणसभाका प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नं १८ का वडाध्यक्ष रणबहादुर थापाले सहकारीले आफ्ना सदस्यहरुलाई आर्थिक रुपमा सक्षम बनाउनुपर्ने बताउँदै सहकारीले उत्पादनमूलक क्षेत्रमा लगानीपर्नेमा जोड दिए ।

विसं २०६६ मा स्थापना भएको संस्थाको शेयर पूँजी एक करोड ८७ लाख २० हजार छ भने लगानी तीन करोड ९४ लाख २९ हजार ७४५ छ । संस्थाको वार्षिक कारोबार पाँच करोड ५० लाख छ । संस्थामा ३७१ शेयर सदस्य छन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।