काठमाडौँ । नेपाली बजारमा दसैँपछि लगातार बढेको सुनको मूल्य आज प्रतितोला रु. ६०० ले घटेको छ । स्थानीय बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु. ९२ हजार तोकिएको छ ।
पहेँलो धातु मङ्गलबार प्रतितोला रु. ९२ हजार ६०० मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला रु. ९१ हजार ५०० रहने छ जसको मूल्य मङ्गलबार प्रतितोला रु. ९२ हजार १०० तोकिएको थियो ।
त्यस्तै महासङ्घका अनुसार आज चाँदी अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला रु. १५ ले घटेर रु. एक हजार २५० कायम भएको छ । चाँदी मङ्गलबार प्रतितोला रु. एक हजार २६५ मा कारोबार भएको थियो । महासङ्घले अन्तरराष्ट्रिय बजारको कारोबार मूल्यका आधारमा यहाँ सुन तथा चाँदीको मूल्य तोक्दै आएको छ । (रासस)
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


हेमजा,वैशाख १८ । पोखरा महानगरपालिका–२५, हेमजामा २०७० सालमा स्थापना भई सक्रिय सामाजिक…






