पोखराबाट जुवा खेलिरहेका ७ जना पक्राउ


     एभरेस्ट आवाज    
     कार्तिक ११ गते २०७८ मा प्रकाशित




जुवा खेलिरहेका ७ जनालाई प्रहरीले पोखराबाट पक्राउ गरेको छ । पोखरा महानगरपालिका वडा नं. १४ बि.पि. मार्गस्थित खिलबहादुर गुरुङको डेरामा जुवा तास खेलिरहेका ७ जनालाई कास्की प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेकाहरुको साथबाट नगद ८८ हजार ९ सय २५ रुपैयाँसमेत बरामद भएको कास्की प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा गोरखा जिल्ला घर भई हाल पोखरा म.न.पा.वडा नं.१४ बि.पि.मार्ग बस्ने ३६ वर्षिय खिलबहादुर गुरुङ, पोखरा–१३ मिंयापाटनका २९ वर्षिय मन्सुर मियाँ, पोखरा–१३ मिंयापाटनकै २७ वर्षिय सम्सुल दिन हक, सोहि ठाउँका २२ वर्षिय मोहमदआरिन मियाँ, बाग्लुङ जिल्ला घर भई हाल पोखरा–१४ बि.पि.मार्ग बस्ने २३ वर्षिय बद्री गुरुङ, स्याङ्जा जिल्ला हरिनाश घर भई हाल पोखरा–१४ छिनेडाँडा बस्ने २१ वर्षिय रोजन मानन्धर र सिन्धुली जिल्ला दुधौली घर भई हाल पोखरा–१४ बि.पि.मार्ग बस्ने ३२ वर्षिया मुना विक रहेका छन् ।

पक्राउ परेकाहरुलाई सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसुर अन्तर्गत जुवा खेल्न वा सट्टाबाजी गर्न नहुने मुद्दा शीर्षकमा जिल्ला प्रशासन कार्यालय कास्कीबाट दिन सात (७) म्याद थप गरीअनुसन्धान प्रकृया अगाडि बढाइएको प्रहरीले जारी गरेको वुलेटिनमा उल्लेख छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।