भण्डारीको व्यावसायिक अनुसन्धान विधि बजारमा


     एभरेस्ट आवाज    
     कार्तिक १२ गते २०७८ मा प्रकाशित




नेपाल कमर्श क्याम्पस, त्रिभुवन विश्वविद्यलायका उपप्राध्यापक तथा अनुसन्धानकर्ता डिलाराम भण्डारीद्वारा लिखित व्यवसायिक अनुसन्धान विधि-Businesh research methods_को तेस्रो प्रकाशन बजारमा आएको छ ।
राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा विभिन्न अनुसन्धानात्मक लेख रचना प्रकाशित गर्नुभएका भण्डारीको नेपाली र अंग्रेजी दुबै माध्यममा लिखित पुस्तक सुकुन्दा पुस्तक भवन भोटाहिटीले प्रकाशन गरेको हो । जम्मा सात अध्याय सहित विभिन्न उदाहरण र सिलसिलावद्ध रहेको पुस्तक विश्वविद्यालयका विद्यार्थी, अनुसन्धाता एवम् अनुसन्धानमा रुचि राख्ने जोकोहीका लागि बहुउपयोगी बन्ने विश्वास लिइएको छ ।
कुल २२८ पृष्ठमा समेटिएको पुस्तकको मूल्य ३८० रुपैयाँ छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।