नेपाली कांग्रेस पोखरा–६ को शुभकामना आदानप्रदान तथा चियापान


     एभरेस्ट आवाज    
     कार्तिक १४ गते २०७८ मा प्रकाशित




नेपालीहरुको महान पर्व बडादशैं, दीपावली, नेपाल सम्वत्, छठ, तथा इदको अवसरमा नेपाली कांग्रेस पोखरा महानगर वडा नं. ६ इकाई बैदामले शनिबार शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम आयोजना गरेको छ । नेपाली कांग्रेस कास्कीका युवा नेता तथा गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास योजना तथा यातायात मन्त्री कुमार खडकाको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो ।

कार्यक्रममा मन्त्री खडकाले कम्यूनिष्ट साषकहरुले देश र जनताको भन्दा आफ्नो मात्र स्वार्थ हेर्दा देशको अवस्था बिग्रेको आरोप लगाए । उनले अब कांग्रेस नेता र कार्यकर्ताले मन भित्रका विकृति र नराम्रा कुराहरुलाई दिमागबाट हटाएर राम्रा कुरा मात्र लिएर अगाडि वढ्नु पर्नेमा जोड दिए ।

उनले प्रदेश सरकारले कोरोनाबाट मृत्यु भएका परिवारलाई जनही रु पचास हजार सहयोग प्रदान गरेको बताउदै गण्डकी प्रदेशमा अब जेष्ठ नागरिक र मिर्गाैला रोगीको लागि डायलोसिस र महिलाहरुको पाठेघरको मुखको क्यान्सरलाई निशुल्क औषधि उपचार गरिने बताए । उनले बैदाममा बन्न लागेको विपि स्मृति भवन निर्माणका लागि प्रदेश सरकारबाट रु पाँच लाख सहयोग प्रदान गर्ने प्रतिबद्धता ब्यक्त गरे ।

पूर्व कास्की जिल्ला सभापति तथा महासमिति सदस्य खेमराज पौडेलले बैदाम क्षेत्र काग्रेस उर्वर भुमि रहेको बताउँदै बैदाम कांग्रेस अग्रजले देखाएको बाटोमा हिड्न सुझाव दिए ।

इकाइ सभापति सन्तोष पौडेलले अब नेपाली कांग्रेसको पहिलो काम कम्यूनिष्टलाई परास्त गरेर स्थानिय चुनावमा वडाको पाचै सिट जित्ने रहेको बताए ।

तरुण कास्कीका अध्यक्ष मनोज गुरुङले तरुण यूवाहरुलाई साथ लिएर अघि बढे मात्र काग्रेसको भविष्य उज्वल रहने बताए ।

पोखरा महानगर पालिका वडा न ६का अध्यक्ष जगतबहादुर पहारीले बैदाममा रहेका बसुन्धारा पार्क, कोमागाने पार्क र क्याम्पिङ पार्कलाई ब्यवस्थित गरि पर्यटकीय स्थल बनाउन प्रदेश सरकारलाई आग्रह गरे ।

पूर्व वडा अध्यक्ष तथा जग्गा दाता होमबहादुर लामिछानेले काग्रेसमा अहिले अग्रजलाई सम्मानगर्ने परिपाटी हराएकोले अग्रजहरुको राय सुझाव र सल्लाहमा अघि बढन नेतृत्वलाई आग्रह गरे ।

क्षेत्र नं. ३ का सभापति पोषनाथ शर्माले आगामी निर्वाचनमा तिनै तहमा कांग्रेसलाई जिताउन कांग्रेसजन एक भएर लाग्नु पर्ने बताए ।

महानगर नेका सभापति सुरेन्द्रमान विजुक्छेले वडा एकाई महानगरको जग भएकोले वडा एकाई बलियो भएपछि मात्र महानगर बलियो हुने बताए ।

यस्तै पर्यटन ब्यवसायी तथा क्षेत्रिय प्रतिनिधि गणेशबहादुर भट्टराईले प्रजातन्त्र जोगाइ राख्ने पार्टी नेपाली काग्रेस भएको भन्दै काग्रेस एकजुट भएर अगाडी बढ्नु आवश्यक्तामा जोड दिए ।

कार्यक्रममा एकाइ उपसभापति शिवजी कुँवर, महिला सघं एकाइ सभापति मन्धरा ढकाल, नेपाल कम्युनिष्ट पाटि एकिकृत समाजबादी ६का अध्यक्ष गिरीराज अधिकारी, सचिव शिब जिसी र प्रकाश न्यौपाने लगायतले पनि बोलेका थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।