पोखरा । गण्डकी प्रदेशका भौतिक पुर्वाधार तथा शहरी विकास मन्त्री कुमार खड्काले प्रदेश सरकारले जनताका समस्यालाई उच्च प्राथामिकता राखेर काम गरेको बताएका छन् ।
महेन्द्र गुफा चमेरे गुफा पर्यटकीय विकास समितिले सोमवार आयोजना गरेको शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रमलाई सम्वोधन गर्दै उनले वर्तमान गठवन्धन सरकारले जनमुखी काम गरेर प्रदेशलाई समृद्घ बनाउने बताए । मन्त्री खड्काले पोखरामा रहेका गुफाहरुको विकासका लागी प्रदेश सरकारले संभाव्यता अध्ययन गर्ने र छुट्टै अधिकार सम्पन्न समिति बनाएर काम थाल्ने समेत बताए । महेन्द्र गुफाको विकासका लागी सरकारले बजेट विनियोजन गरेको बताउदै उनले थप वजेटका लागी केन्द्र सरकारसगँ समन्वय गर्ने बताए ।
गण्डकी प्रदेश अर्थ तथा विकास समितिका सभापति दीपक कोइरालाले पर्यटकीय क्षेत्रको विकासका लागी सरकार गम्भीर रहेको बताउदै पर्यटन क्षेत्रमा वढ्दो आर्थिक गतिविधीवाटै समृद्घि प्राप्त गर्न सकिनेमा जोड दिए ।
समितिका संयोजक गुरुदत्त भट्टराईको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक २५ होटल संघ पोखरा, नेपालको आयोजनामा बुधबार पोखरामा आयोजित…







