तिहार पछि बढ्यो सुनको मूल्यः प्रतितोला रु. ९२ हजार ५००


     एभरेस्ट आवाज    
     कार्तिक २२ गते २०७८ मा प्रकाशित




काठमाडौँ । तिहारपछिको पहिलो कारोबारका दिन आज नेपालको सुनचाँदी बजारमा छापावाल सुनको मुल्य प्रतितोला रु. एक हजार ५०० ले उकालो लागेर ९२ हजार ५०० कायम भएको छ ।

पहेँलो धातु गत बिहीबार प्रतितोला रु. ९१ हजारमा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु. ९२ हजार रहने छ जसको मूल्य बिहीबार प्रतितोला रु. ९० हजार ५०० तोकिएको थियो।

त्यस्तै आज चाँदीको मूल्य बिहीबारका तुलनामा रु. २५ ले उकालो लागेर एक हजार २५० कायम भएको छ । चाँदी बिहीबार प्रतितोला रु. एक हजार २२५ मा कारोबार भएको थियो । महासङ्घले अन्तरराष्ट्रिय बजारमा हुने सुनचाँदीका मूल्यको उतारचढावका आधारमा यहाँँ दैनिक सुन तथा चाँदीको काारोबार मूल्य तोक्दै आएको छ । अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔंस एक हजार ८१९ दशमलव ७३ डलरमा कारोबार भइरहेको छ । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।