आईसीसी टी–२० विश्व कप क्रिकेटको सेमिफाइनल समीकरण पूरा भएको छ।
अब फाइनल पुग्नका लागि पाकिस्तानले आउँदो बिहीवार सुपर १२ को समूह २ को उपविजेता अष्ट्रेलियासँग खेल्नेछ। अहिलेसम्म अपराजित रहँदै सेमिफाइनलमा पुग्ने पाकिस्तान यो विश्व कपमा एक्लो टोली बनेको छ।
यस्तै, फाइनल प्रवेशका लागि भोली (बुधबार) इङ्ल्यान्ड र न्युजिल्यान्ड खेल्नेछन्। सुपर १२ को समूह १ बाट इङ्ल्यान्ड विजेता र अस्ट्रेलिया उपविजेता बन्दै सेमिफाइनल पुगेका हुन् भने समूह २ बाट पाकिस्तान विजेता र न्युजिल्यान्ड उपविजेता बनेर सेमिफाइनलमा पुगेका हुन्। फाइनल खेल आउँदो आइतवार हुनेछ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक २५ होटल संघ पोखरा, नेपालको आयोजनामा बुधबार पोखरामा आयोजित…







