
बाउन्स चेक दिएको आरोपमा पोखराबाट एक जना पक्राउ परेका छन् । बाउन्स चेक दिएको आरोपमा कास्की प्रहरीले पोखरा महानगरपालिका वडा नम्बर १३ बाँझापाटन स्थायी घर भई पोखरा–१० बुद्धचोक बस्ने ३५ वर्षिय शंकर गुरुङलाई पक्राउ गरेको हो । पक्राउ परेका गुरुङले आफ्नो बैंक खातामा पर्याप्त रकम नभएको जान्दाजान्दै १३ लाख ८० हजारको चेक दिएको आरोप लागेको छ । उनले दिएको चेक नसाटिएपछि चेक साट्न गएका व्यक्तिले आफूले पाउनुपर्ने रकम नपाएको भन्दै चेक बाउन्स गराएको आरोपमा मुद्धा दर्ता गरेपछि उनलाई पक्राउ गरिएको प्रहरीको भनाई छ ।
पक्राउ परेका गुरुङलाई बैंकिङ कसुर सम्बन्धी मुद्धामा उच्च अदालत पोखराबाट ७ दिनको म्याद थप गरि अनुसन्धान जारी राखिएको कास्की गण्डकी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


झण्डै डेढ बर्षपछि पोखरा प्रज्ञा प्रतिष्ठानले नयाँ पदाधिकारी पाएको छ । महानगरपालिकाकी…





