
लागू औषध कारोबारी दुई महिला पोखराबाट पक्राउ परेका छन् । लागू औषध कारोबारका लागि लागू औषध बोकेर हिंडिरहेका दुई जना महिलालाई मंगलबार पोखरा–८ सिमलचौरबाट पक्राउ गरिएको कास्की प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा लमजुङ जिल्ला दोर्दी गाउँपालिका वडा नम्ब्र ७ घर भई हाल पोखरा महानगरपालिका वडा नम्बर ९ बस्ने ३१ व्र्षिया प्रेमा गुरुङ र गुल्मी जिल्ला मालिका गाउँपालिका वडा नम्बर २ घर भई हाल प्रेमाकै डेरामा बस्दै आएकी ३१ वर्षिया कोपिला अर्याल रहेका छन् ।
पक्राउ परेका गुरुङ र अर्यालको साथबाट डाइजापाम ७४ एम्पुल, ब्रुफिन, नुर्फिन ७० एम्पुल, फेनरागन ७२ एम्पुल गरि कुल २१६ एम्पुल लागू औषध बरामद गरिएको कास्कीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक (डिएसपी) सुवास हमालले जानकारी दिए ।
पक्राउ परेकाहरुलाई जिल्ला अदालत कास्कीमा पेश गरि लागू औषध सम्बन्धी मुद्धामा ८ दिन म्याद थप गरि अनुसन्धान अगाडि बढाइएको कास्की प्रहरीले जारी गरेको सूचना वुलेटिनमा उल्लेख छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक २५ होटल संघ पोखरा, नेपालको आयोजनामा बुधबार पोखरामा आयोजित…







