फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ


     एभरेस्ट आवाज    
     कार्तिक २४ गते २०७८ मा प्रकाशित




पोखरा । नेपाल आयल निगमले पेट्रोलिय पदार्थको भाउ फेरि बढाएको छ । बुधबार मध्यरातबाट लागु हुने गरि पेट्रोलियम पदार्थको भाउ बढाएको हो ।

निगमले डिजेल पेट्रोल र मट्टितेलको भाउ प्रतिलिटर रु ३ बढाएको छ । यससँगै पेट्रोलको भाउ उपत्यकामा प्रतिलिटर १३६ पुगेको छ भने मट्टीतेल र डिजेलको भाउ ११९ रुपैयाँ पुगेको छ ।


यस्तै निगमले खाना पकाउने ग्यास सिलिण्डरको मूल्यपनि बृद्धि गरेको छ । निगमले ग्यासको मूल्य ७५ रुपैयाँ बढाएको हो । अब एक सिलिन्डर ग्यास किन्न १५७५ पर्ने भएको छ ।

यस्तै आन्तरितर्फको हवाई इन्धनमा प्रतिलिटर ५ रुपैयाँ बढेर १०१ रुपैयाँ पुगेको छ भने अन्तर्राष्ट्रिय उडानतर्फको हवाई इन्धनको मूल्य अब प्रतिकिलोलिटर ८९५ अमेरिकी डलर पुगेको छ ।

यसअघि निगमले गत कात्तिक १२ गते पनि डिजेल, पेट्रोल र मट्टितेलको भाउ रु ३ र ग्यासमा ५० रुपैया बढाएको थियो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।