तस्बीरः सौजन्य एजेन्सी
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ ‘किसान’ले मन्त्री बनेपछिको पहिलो महिनाको पारिश्रमिक स्वरुप पाएको तलव २ आमा समूहलाई प्रदान गरेका छन्।
तनहुँमा आयोजित एक कार्यक्रममा व्यास नगरपालिका–११ स्थित मिलनशील आमा समूह र डाँडागाउँ आमा समूहका अध्यक्षलाई ५० हजार ९ सय ५० हजार रुपैयाँ हस्तान्तरण गरेका हुन्।
तनहुँ क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएदेखि नै श्रेष्ठले तलबभत्ता बापतको रकम विभिन्न संघसंस्थालाई सहयोग गर्दै आएका हुन्। निर्वाचनमा उम्मेदवार हुँदा नै उनले तलबभत्ता लिन्न भनेर घोषणा गरेका थिए। त्यहि घोषणा अनुसार उनले तलबभत्ता सहयोग गर्दै आएको छन् । प्रतिनिधिसभाका सदस्यसमेत रहेका श्रेष्ठले जिल्लास्थित विभिन्न खानेपानी, युवा क्लव, आमा समह, विद्यालय लगायतलाई तलबभत्ता बापतको रकम सहयोग गर्दै आएका छन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक २५ होटल संघ पोखरा, नेपालको आयोजनामा बुधबार पोखरामा आयोजित…







