सुनको मूल्य एक हजार ३०० ले बढ्यो


     एभरेस्ट आवाज    
     कार्तिक २५ गते २०७८ मा प्रकाशित




काठमाडौँ । नेपाली सुनचाँदी बजारमा छापावाल सुनको मूल्य आज प्रतितोला रु. एक हजार ३०० ले बढेको छ । सुनको मूल्य प्रतितोला रु ९४ हजार कायम भएको छ । बुधबार उक्त सुन प्रतितोला रु. ९२ हजार ७०० मा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु. ९३ हजार ५०० रहेको छ । बुधबार प्रतितोला रु. ९२ हजार २०० तोकिएको थियो । त्यस्तै आज चाँदीको मूल्य बुुधबारका तुलनामा रु. २० बढेको छ । चाँदीको मूल्य रु. एक हजार २७० कायम भएको छ ।

चाँदी बुधबार प्रतितोला रु. एक हजार २५० मा कारोबार भएको थियो । महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुनचाँदीको मूल्यको उतारचढावका आधारमा यहाँँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस एक हजार ८५० डलरमा कारोबार भइरहेको छ । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।