काठमाडौँ । नेपालको सुनचाँदी बजारमा छापावाल सुनको मूल्य आज प्रतितोला रु. ४०० ले उकालो लागेर रु ९४ हजार ४०० कायम भएको छ । पहेँलो धातु बिहीबार प्रतितोला रु. ९४ हजारमा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु. ९३ हजार ९०० रहने छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु. ९३ हजार ५०० तोकिएको थियो । त्यस्तै आज चाँदीको मूल्य बिहीबारका तुलनामा रु. १५ ले उकालो लागेर एक हजार २८५ तोकिएकोे छ ।
चाँदी बिहीबार प्रतितोला रु. एक हजार २७० मा कारोबार भएको थियो । महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुनचाँदीका मूल्यको उतारचढावका आधारमा यहाँँ दैनिक सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस एक हजार ८५९ डलर आसपासमा कारोबार भइरहेको छ । रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


प्रतिनिधिसभाको जारी बैठकमा विपक्षी दलका सांसदहरुले सरकारको आलोचना गरेका छन् । झण्डै…





