पोखरा । माछापुच्छ्रे बैंक पोखराका संथापक अध्यक्ष स्व. सुर्य बहादुर के.सीको स्मृर्तिमा माछापुच्छ्रे बैंक पोखरा नयाँबजार को कार्यालय परिषदमा स्व के.सी को अर्धकद शालीक स्थापना गरिएको छ ।
शालिकको आज एक समारोह विच स्व के.सीकी धर्मपत्नी प्रेम कुमारी के.सीले अनावरण गरिन् । काठमांडौका कलाकार एवम् मुर्तिकार विकल प्रजापतिले बनाएका हुन् । झण्डै २२ वर्ष अगाडि पोखरालाई पर्यटन र आर्थिक क्षेत्रको केन्द् बनाउनुपर्छ भनेर स्व के.सीले बैंक स्थापना गरेकी हुन् ।
कार्यक्रममा स्व के.सी का बारेमा बोल्दै पुर्व प्रहरी वरिष्ट उपरीक्षक कृष्ण बहादुर थापाले स्व के.सीको दुर दृिष्टकोर्णले मुलुकको आर्थिक तथा सामाजिक क्षेत्रलाई नेत्तृत्व गरेको बताए ।
यसैगरी बैकंका संचालक कवि हरिभक्त सिग्देल (महेश) ले स्व के.सी भौतिक रुपमा हामी माझ नभएपनि सुर्यको प्रकाश जस्तै उनका विचारहरु संसारमा फैलिएको बताए ।
कार्यक्रममा स्व के.सीका जेष्ठ सुपुत्र प्रकाश के.सीले धन्यबाद गर्दै आफ्नो पिताजिको सोच र विचारलाई समाजले ग्रहण गरेकोमा आभार व्यक्त गरे ।
शालिक अनावरण समारोहमा माछापुच्छ्रे बैकका अध्यक्ष डा. विरेन्द्र महत्तो बैंकका कार्यकारी अधिकृत सन्तोष कोईराला , बैंकका संचालक किरण के.सी, रोशन के.सी, निर्देशक जय मुकुन्द खनाल लगाएतले शालिकमा पुस्प गुच्छा अर्पण गरेका थिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, बैशाख १८ प्रथम पोखरा महिला गोल्डकप फुटबल प्रतियोगितामा नेपाल पुलिस…






