युक्रेनद्वारा नाटो र इयु देशहरूसँग एयरलिफ्ट सम्झौतामा हस्ताक्षर


     एभरेस्ट आवाज    
     कार्तिक २७ गते २०७८ मा प्रकाशित



एजेन्सी । युक्रेनी सरकारी विमान निर्माता एन्टोनोभले रणनीतिक एयरलिफ्ट अन्तरिम समाधान (SALIS) कार्यक्रम अन्तर्गत उत्तरी एट्लान्टिक सन्धि संगठन (नाटो) र युरोपेली संघका सदस्य राष्ट्रहरूसँग एयरलिफ्ट सेवा सम्झौतामा हस्ताक्षर गरेको छ। यसबारे युक्रेनी सरकारद्वारा सञ्चालित युक्रेनफर्म समाचार एजेन्सीले शुक्रबार जानकारी दिएको छ ।


“पाँच वर्षको सम्झौता अन्तर्गत, एन्टोनोभले स्थायी आधारमा दुईवटा एन–१२४–१०० विमानहरू उपलब्ध गराउनुपर्नेछ । तिनीहरू जर्मनीको लाइपजिग एयरपोर्टमा स्ट्यान्ड–बाई मोडमा पार्क गर्नुपर्नेछ । साथै एन्टोनोभले थप तीनवटा विमानहरू उपलब्ध गराउनु पर्नेछ । एन्टोनोभ कम्पनीको वाणिज्य विभागका प्रमुख ब्लागोभिस्नीले कीभमा एक मिडिया ब्रीफिंगमा पत्रकारहरूलाई उक्त जनाकारी दिएका हुन् ।


आवश्यकता परेको खण्डमा एन्टोनोभले नाटो र ईयूको हितमा एयरलिफ्ट मिसनहरू गर्नका लागि एन्टोनोभले विश्वको सबैभन्दा ठूलो विमान एन –२२५ मृया, साथै एनटेइ एन –२६ र एन –७४ ट्राफिक विमानहरू उपलब्ध गराउँन सक्नेछ भन्ने पनि परिकल्पना गरिएको छ ।
उक्त कार्यक्रमले आफ्ना सदस्य राष्ट्रहरूलाई विशेष विमान चार्टर गर्न आफ्नो स्रोत जुटाउन अनुमति दिएको छ जसले गठबन्धनलाई हवाई मार्गबाट विश्वभर भारी कार्गो ढुवानी गर्ने क्षमता बढाउँन मद्दत पुग्नेछ ।


हाल, बेल्जियम, पोल्याण्ड, स्लोभाकिया, स्लोभेनिया, चेक गणतन्त्र, जर्मनी, नर्वे, हंगेरी र फ्रान्स गरी नौ देशहरू सलिस कार्यक्रममा सहभागी छन् ।


युक्रेनले २००६ देखि उक्त कार्यक्रम अन्तर्गत नाटोसँग सहयोग गर्दै आएको छ भने २०१९ मा हस्ताक्षर गरिएको पक्षहरू बीचको हालको सम्झौता ३१ डिसेम्बरमा समाप्त हुँदैछ ।- (रासस–सिन्ह्वा)


सर्बाधिकार सुरक्षित गरिएको बारे ः यस एभरेष्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।