पोखरा । गण्डकी प्रदेश सरकारका कानून, संचार तथा प्रदेश सभा मामिला मन्त्री बिन्दु कुमार थापाले गण्डकी सरकारको डिजिटल गण्डकी प्रोभिन्स अभियानलाई साकार बनाउन आइएमएसले महत्वपूर्ण भूमिका खेल्ने बताएका छन् ।
‘आइएमएस सफ्टवेयरले डिजिटल पेमेन्ट इन पोखरा क्यास होइन क्यूआर गरौं भन्ने प्रविधि ल्याउनु आफैमा सह्रानिय काम हो । यसले पोखरालाई डिजिटल पोखरा बनाउन मद्दत पुग्छ । पोखरामा अब क्यास नभई क्यूआर माध्यम पेमेन्ट गर्ने व्यवस्था हुनु सकरात्मक पक्ष हो ।’, उनले भने ।
मन्त्री थापाले आइएमएसले भित्राएको डिजिटल पेमेन्टले क्यासलेस प्रविधिलाई प्रोत्साहन गरेको बताए । सुशासन कायम गर्न र छिटोछरितो सेवा प्रवाह गर्नको लागि आइएमएसले ल्याएको डिजिटल प्लाटफर्म सहयोग सिद्ध हुने विश्वास उनको छ ।
नोट बनाउँदा धेरै रकम खर्चनुपर्ने भएकाले डिजिटल पेमेन्ट मार्फत त्यसको बचत समेत हुने भनाई मन्त्री थापाको छ । ‘डिजिटल मार्केटको विकास सँगै इकर्मसकलाई समेत यस्तो प्रकारको प्रविधि प्रभावकारी हुन्छ’, उनले भने,‘समयसँगै प्रविधिको प्रयोग समेत गर्दै गए जनजीवन सरलीकृत हुन्छ ।’
डिजिटल पेमेन्ट पछिल्लो समय आधारभूत आवश्यकताका रुपमा देखा परेको मन्त्री थापाले बताए । पकेटमा पैसा बोकेर हिड्नुपर्ने बाध्यतालाई डिजिटल क्यास पेमेन्टले न्यूनिकरण गरिरहेको उनको बुझाई छ । पोखरामा सबै उद्योगी व्यवसायी देखि कार्यालयले समेत आइएमएसले ल्याएको प्रविधिको सक्दो उपयोग गर्नुपर्ने धारणा राखे ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, जेठ २० कास्कीको पर्यटकीय गाउँ घान्द्रुकमा आयोजित अन्नपूर्ण म्याराथन प्रतियोगितामा…







