गण्डकी प्रदेश सरकारले पर्यटन क्षेत्रको पुनरुत्थान तथा आर्थिक विकास गर्नका लागि सहयोग लिन पाउने सहमति दिन संघ सरकारसँग अनुमति मागेको छ । प्रदेश सरकारको हालै बसेको मन्त्री परिषद बैठकले प्रदेशको पर्यटन पुनरुत्थानका लागि सहयोग लिन पाउने सहमति दिन माग गर्दै संघ सरकारलाई पत्र पठाउने भएको हो ।
मन्त्री परिषद बैठकले प्रदेश सरकार र विकास साझेदार तथा दातृ निकायसँग समन्वय गर्न सहमतिका लागि संघ सरकारको अर्थमन्त्रालयमा पठाउने निर्णय गरेको सरकारका प्रवक्ता तथा भौतिक पूर्वाधार मन्त्री कुमार खड्काले जानकारी दिए । प्रदेशको पर्यटन पुर्नरुत्थान, विकास र सम्वद्र्धनका लागि साझेदार, दातृ निकायहरु ईच्छुक भएपनि संघ सरकारको अनुमति आवश्यक पर्ने भएकाले त्यसका लागि अनुमति माग्ने निर्णय गरेको उनले बताए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखराको मोहरियाटोलमा रहेको विन्ध्येश्वरी आदर्श स्कुलका विद्यार्थीले गुरुहरुको सम्मान गरेका छन् ।…





