गण्डकी प्रदेश सभा भवन
गण्डकी प्रदेश सरकारले पोखरालाई पर्यटकीय राजधानी बनाउन दोश्रो पटक माग गरेको छ । गण्डकी प्रदेशको कात्तिक २९ गते बसेको बैठकले पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न संघ सरकारसँग माग गर्ने निर्णय गरेको हो । पोखरालाई देशको पर्यटकीय राजधानी बनाउन गण्डकी प्रदेश सरकारले माग गरेको यो दोश्रो पटक हो ।
यसअघी पृथ्वी सुब्बा गुरुङ नेतृत्वको सरकारलेपनि पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न संघ सरकारलाई माग गर्ने निर्णय गरेको थियो । सोहि निर्णय अनुसार संघ सरकारमा सिफारिस गरिएपनि तत्कालीन केपी ओली नेतृत्वको सरकारले पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न नसकिने भन्दै सो सिफारिस रिजेक्ट गरेको थियो । तर अघिल्लो सरकारले गरेका निर्णय र संघ सरकारले सो प्रस्ताव अस्वीकार गरेको थाहा पत्तो नपाएपछि कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वको वर्तमान सरकारले पुनः यस्तो निर्णय गरेको हो ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


काठमाडौं । ज्ञानले अज्ञानको अन्धकार हटाउने गुरुजनप्रति सम्मान व्यक्त गर्दै आज देशभर…





