पोखरा–६ मा रहेको अन्नपूर्ण आधारभूत बिद्यालय फिर्केखोलाको जोखिममा


     एभरेस्ट आवाज    
     मंसिर ३ गते २०७८ मा प्रकाशित



पोखरा महानगरपालिका वडा नम्बर ६ मा रहेको अन्नपूर्ण आधारभूत विद्यालय फिर्केखोलाको जोखिममा परेको छ । फिर्केखोलाको कटानमा परेपछि पोखरा लेकसाइडस्थित शान्तिपथमा रहेको अन्नपूर्ण आधारभूत विद्यालय जोखिममा परेको हो ।

विद्यालय जोखिममा परेको थाहा पाएपछि गण्डकी प्रदेशका अर्थ मन्त्री रामजीप्रसाद बराल –जीवन)ले विद्यालयको अवलोकन गरेका छन् । केहि अघि मात्र आएको वर्षाका कारण फिर्केखोलाको कटान बढेपछि सो विद्यालय जोखिममा परेपछि उनले विद्यालयको अवलोकन गर्दै संरक्षणका लागि पहल गर्ने बचन दिएका छन् ।
फिर्केखोलाबाट ििद्यालय संरक्षण गरी सौचालय समेत मर्मत संहार गर्नुपर्ने अवस्था रहेको विद्यालय व्यबस्थापन समितिका अध्यक्ष कृष्ण आचार्यले बताए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे ः यस एभरेष्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।